कामरेडी पराक्रम सुन्नासाथ पार्टी कार्यालय दनदनी

maoist-party-office-dhadingजनयुद्दकालमा प्रहरी प्रमुख थिए रबीन्द्र प्रताप शाह । धेरै माओवादीलाई यातना दिने । अनाहकमा ज्यान लिने । जनयुद्द दबाउने । झुठो मुद्दा लगाउने भनेर माओवादीले शाहलाई कारवाहीको केन्द्रमा राखेका थिए । अहिले तिनै शाहलाई माओवादीले समानुपातिक सूचीबाट सभासद बनाएर ठूलो पराक्रम गरे माओवादीले । तर तिनका कार्यकर्ताले पचाउन सकेनन् । शाहलाई समानुपातिकको सूचीबाट सभासद बनाएको सार्वजनिक हुनासाथै तिब्र असन्तुष्टि र बिरोध शुरु भएको थियो । तर धादिङ जिल्लाका माओवादी कार्यकर्ताको आक्रोश भने थाम्नै नसकिने गरि चुलिएको छ । शाहलाई सभासद बनाएको बिरोधमा धादिङ जिल्ला पार्टी कार्यालयनै आगो लगाएर दनदनी पारिदिएका छन् । 

धादिङका माओवादी कार्यकर्ताहरु आज बिहानै आक्रोश पोख्दै, आफ्नै पार्टीका नेता बिरुद्द नाराबाजी गर्दै पार्टी कार्यालय पुगे । केहिबेर नाराबाजी गरे । अनि पार्टी कार्यालयमा राखिएको बोर्ड झिकेर तल झारे। कुर्सी टेबल र कागजपत्र सबै भुइँमा मिल्काए । त्यतिलेपनि आक्रोश मेटिएन । कार्यकर्ताको भिड थपिँदै गयो । त्यसपछि तिनले आगो लागाएर दनदनी बालिदिएका छन् ।

धादिङ जिल्लामा माओवादी जनयुद्दका बेला यातना भोग्ने कार्यकर्ता, स्थानिय नेता निकै छन् । उनीहरुले जनयुद्दका बेला निकै यातन खपेका थिए । तर धादिङ जिल्लाबाट सभासद बनाउन लायक एक जना नेतापनि माओवादी शिर्ष नेताले देखेनछन् । बरु जनयुद्दमा दमन गरेको आरोप लागेका रबीन्द्र प्रताप शाहकै गुन देखेछन् । र त उनलाई सभासद बनाए । तर धादिङ जिल्ला माओवादी कार्यकर्ताले यो पचाउन सकेनन् । उनीहरुले राम बहादुर भण्डारीले जनयुद्दका बेला चरम यातना भोएको, पार्टीका लागि ज्यान दिएको, धेरै लगानी गरेको हुँदाहुँदैपनि उनलाई सभासद नबनाएर जनयुद्दका दमनकर्ता भनिएका शाहलाई सभासद बनाएकोमा सहन नसकेको आरोप लगाएका छन् ।

पार्टीले बिगतमा बनाएको समझदारी लत्याअेको र नेताहरु मनपरी ढंगले अगाडि बढेको भन्दै आक्रोशित भएका छन् । आफ्ना नेताहरुलेपनि पैसा हुने, धनीमानीहरुलाई प्रलोभनमा परेर सभासद छानेको आरोप कार्यकर्ताको छ । यो निर्णय फिर्ता नलिए अब आफ्ना नेतालाई धादिङ जिल्ला पस्नै नदिने धम्किपनि दिएका छन् । यता माओवादी नेता भने मुकदर्शक बनेर बसेआ छन् । शाह बिरुद्दको असन्तुष्टि भने चुलिएको छ ।

(फोटो दिब्य दर्शन टिभी, धादिङ)

तपाइँको प्रतिक्रिया