गजल

गीता थापा

gita-thapa-1212121222

जसले मह काड्छ यो जगतमा
उसैले हात चाट्छ यो जगतमा

जतन गरेर सम्हाली नराखे
दह्रो मननि फाट्छ यो जगतमा

गरीब दुखि हुनुको पीडा चर्को
भीखले श्रम साट्छ यो जगतमा…

आफ्नो स्वार्थको घैटो भर्नका लागि
धर्मात्मा विष बाँड्छ यो जगतमा

तपाइँको प्रतिक्रिया