नेपालीका बच्चा पढाउन यस्तोपनि गर्छन् फ्रान्सेली

unnamed (10)

बिदेशीलाई नेपाली बच्चाको कत्रो माया ! फ्रान्सको ब्यस्त जिवन । खर्चिलो बसाई । यि सबैलाई थान्को लगाएर भएपनि थोरै समय निकाल्छ फ्रान्सेलीहरु । त्यो समयमा अनेक कार्यक्रम गर्छन् । नेपाल पर्यटक बनेर जाँदा आफ्ना सरसामान राख्न दिईने बिमान सुबिधामापनि आफ्ना लूगाफाट कम बोकेर नेपालबाट सामान ल्याउँछन् । नेपाली हस्तकला, चिया, कफी, गर गहना र अन्य लूगाफाट बोक्छन् । त्यो ल्याएर यहाँ बिक्रि गर्छन् । त्यस पैसाले नेपालका बालबालिका पढाउँछन् ।

unnamed (4)

unnamed (9)

उनीहरुले नमस्ते अँफँ हिमालय भन्ने संस्थानै खोलेका छन् । त्यस्स संस्थाबाट वर्षेनी केहि नेपाली कार्यक्रम गर्छन् । सांस्क्रितिक कार्यक्रम, नाचगान गरेर आर्थिक सहयोग जुटाउँछन् । त्यसबाहेक उनीहरुले नेपालका वालवालिकालाई सहयोग दिन जनही वार्षिक पाँच युरोको सहयोग अभियानपनि चलाएका छन् ।

unnamed (3)

unnamed (1)

unnamed (5)

सांस्क्रितिक कार्यक्रम गर्दा उनीहरुले नेपाली खाना बनाउँछन् । सबै स्वयंसेबीहरु भेला हुन्छन् । मिलेर बनाउँछन् । खाना बेचेर रहेको पैसोपनि यहि संस्थामा राख्छन् र नेपालमा आर्थिक सहयोग गर्छन् ।

unnamed (7)

unnamed (8)

unnamed (6)

कार्यक्रममा उठेको पैसाले हालसम्म उनीहरुले बुङमती गाउँको स्कूललाइ कम्प्युटर प्रदान । पश्चिम नेपालमा करिब २० हजा वालवालिकाका लागि नेत्र जाँच । नसक्नेहरुलाई चस्मा सहयोग । यस्ता धेरै कार्यक्रममा सहयोग गरिसकेका छन् । खाने पानी नभएका ठाउँमा त्यो सहयोगपनि दिन्छन् । संस्थाको क्षमातले भ्याएसम्म ।

unnamed (2)

unnamed

यिनको मुख्य उद्देश्य भने पढ्न नपाएका वालवालिकालाई सहयोग गरेर शिक्षाको ज्योति देखाउनु हो । अहिलेसम्म उनीहरुले थुप्रै त्यस्ता असहाय, गरिब र पढ्ने अवशर नपाएका वालवालिकालाई सहयोग गरेका छन् ।

तपाइँको प्रतिक्रिया