कविता : गरिव झुत्रा झाम्रा भए

प्रेम पाठक / बेल्जियम

prem-pathak-belgium-12123

यात्रा हाम्रा जात्रा भए

गरिब झुत्रा झाम्रा भए

महलका राम्रा भए

+++++++++++

चुनुवाङको यात्रा तिम्रो हेटौंडामा प्रकट भयो

राष्ट्रियता, सुरुङ युद्ध दिल्लिसामु कर्कट भयो ।

जनसेना, जनयुद्ध देखाई खाने बाटो बन्यो

घाइते, शहिद, बेपत्ता कुबुद्धिको सिकार बन्यो ।

+++++++++++++

त्यसैले त,

कपटी कर्म, जाली दिमाख कर्कलाको पानी भयो,

इमान्दार र त्यागको नीति जनताको नानी भयो ।

रोक्नुहुन्न मुक्तियात्रा त्याग, शाहस, बलिदानको

झुक्ने छैन रातो झन्डा माओवादी इतिहासको ।

+++++++++++++

अब,

त्याग सहितको सपनालाइ यथार्थमा ढाल्नुपर्छ

लाल गद्दार बिरुद्धमा चेतना चिराग बाल्नु पर्छ ।

प्रचण्ड को घरको मुल्य (?) जनता ले खोज्न थाले

डाक्टरको बिकल्प मा बैद्य लाइ रोज्न थाले ।

डाक्टरको बिकल्प मा बैद्य लाइ रोज्न थाले ।।

तपाइँको प्रतिक्रिया