बन्द खुलाउन ट्रकका ट्रक सेना र प्रहरी

एल नेम्वाङ / लिम्बुवान क्षेत्र 

shutdown-at-limbuwan

पूर्वको तस्विर हो यो । सेना र प्रहरीबाट छलेर अलि टाढैबाट खिचिएको । पूर्वको लिम्बुवान क्षेत्रको एक झलक । लिम्बुवान क्षेत्रमा बन्दको प्रभाव अन्यत्र भन्दा शसक्त परेको छ । गाडी गुडेनन् । शिक्षण संस्था, बजार सबै बन्द । पुरै शुनसान । तर त्यो देखेपछि के भयो ? बिहानै बाट सरकारले ट्रकका ट्रक प्रहरी र सेना परिचालित गरायो । अनि पसलहरु जबर्जस्ति खोल्न लगायो । गाडी धनीहरुलाई गाडी चलाओ भन्दै तर्साउन थाले । काँधमा लामालामा बन्दूक बोकेका नेपाली सेनापनि तैनाथ भए । यो बन्दको जसरिपनि अबज्ञा गरेको देखिनुपर्छ भन्दै जबर्जस्ति बन्द खुलाउने प्रयास गरेका छन् । तर लिम्बुवान क्षेत्रमा बन्दले ब्यापक समर्थन पाएको छ । नेपाली सेना र प्रहरी मिलेर बन्द अबज्ञा गर्न भनेपनि बन्द भने सफल भैरहेको छ । सडक पुरै सुनसान छ । ‘तपाईहरु किन खटिनुपरेको जबर्जस्ति बन्द खुलाउन ?’ भनेर हामीले सोध्दा एक जना म्यादी प्रहरीले जवाफ दिए ‘हामीलाइ यो बन्द जसरिपनि खुलाउनु भन्ने माथिको आदेश छ ।’

तपाइँको प्रतिक्रिया