झुठो समाचारले आङकाजी हैरान

angkaji-fake-news

चुनावको बेला प्रचार प्रसारमा खटिनु पर्ने आङकाजी संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पा भने झुठो समाचारले हैरान भएका छन् । आफ्ना समर्थक, पार्टी कार्यकर्ता र शुभेच्क्षुकलाइ यो झुठो समाचार हो भन्दै जफाव दिँदा दिँदा हैरान परेका हुन् । संघिय समाजवादी पार्टीका नेता आङकाजी शेर्पालाई पार्टीबाट निश्काशित गरेको झुठो समाचार कान्तिपुरमै प्रकाशित भएजसरि कसैले साजसज्जा ट्याक्क मिलाएर फेसबूकमा हालिदियो । अशोक राईले उनलाई कारवाही गरेको उल्लेख गर्दै ।

एक पछि अर्को गर्दै त्यो साझेदारी गरे मानिसहरुले । त्यसपछि त्यसले केहिबेर त हलचलनै ल्यायो । खासगरि संघिय समाजवादी पार्टीका शुभेच्क्षुक, समर्थकका बिचमा चिन्ता र चासो प्रकट गरायो । धेरैले जिज्ञासा राखे । संघिय समाजवादी पार्टीका युरोप उपाध्यक्ष चाप्चा राईलाईपनि त्यस विषयमा धेरै जिज्ञासा राखेको उनले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् । देशबिदेशबाट उता नेपालको संघिय समाजवादी पार्टी कार्यालय, आङकाजी शेर्पा र अशोक राई समक्षपनि धेरैले चासो राखे । तर त्यो निर्वाचनमा कसरि मतदाता भड्काउन, गलत समाचार बनाएर शडयन्त्र गर्न सकिन्छ भन्ने उदाहरण हो यो । निर्वाचनका बेला अरुको बदनाम गर्न जेपनि गर्न सक्छन् भन्ने यसले देखाउँछ ।

तपाइँको प्रतिक्रिया