कविता : तिम्री प्यारी छोरी
● सन्तोष न्यौपाने / बेल्जियम
वैशले उन्मुत्त भएकि,
भर्खरै १७, १८ टेक्दै गरेकि,
अगं प्रत्यगंमा यौवन भरिएकि,
तिम्री प्यारी छोरीको नत्था तोडिएको छ,
वैश तोडिएको छ ।।
००००००००००००००००
युरोपेलि हावापानिले,
तिम्री छोरीलाई गालेको छ,
ति रसिला ओठहरुमा अझै रस भरेको छ,
वैशालु उमेरलाई अझै वैशको उर्जा थपेको छ ,
तर पनि,
तिम्री प्यारी छोरीको तत्था तोडिएको छ,
कुमारित्व तोडिएको छ ।।
००००००००००००००००
ति रसिला ओठहरुमा कसैले चुम्बन गरिसकेको छ ,
सगरमाथाका उचाइहरुमा कसैले टेकिसकेको छ,
सागरको गहिराइमा डुब्दै,
मस्त आन्नद लिइसकेको छ,
तिम्रो प्यारि छोरिको नत्था तोडिएको छ,
तिम्रो नाकको उचाइ घटेको छ ।।
००००००००००००००००
तिमीले समयलाई चिन्न सकेनौ,
युरोपेली हावापानिलाई बुझन सकेनौ,
किनकि,
यो विषात्त हावाले,
तिम्री प्यारि छोरीलाई गालिसकेको छ,
१७ वर्षकै उमेरमा नत्था तोडिदिइसकेको छ,
वैश तोडिदिइसकेको छ ।।
००००००००००००००००
तर पनि,
चिन्ता तिमीले लिनु पदैन,
यहा धेरै कुमारि छोरीहरुको,
यो हावाले नत्था तोडिदिइसकेको छ,
वैश तोडिदिइसकेको छ ।।
००००००००००००००००
बरु,
तिम्रा फुस्रा आडम्बर माथि,
तगारो लागेको छ,
छोरीको कुमारित्व संगै,
तिम्रो नाक तोडिदिइसकेको छ ।।





