कविता : परदेशबाट

● गौतम “उदय” / हवाई

gautam-udaya

नभन्नु है आमा तिमीले, टाढा भए छोराछोरी

नझार्नु है बेदनाका, टिलपिल आँशु आँखाभरि

जस्तै दुख गरेर नि, ल्याउँला धन कमाएर

बसौंला नि परिवारै, हाँसीखुसी रमाएर ।

००००००००००००००

तिम्रो काख छाडीछाडी, विदेशिने रहर होइन

गरुं केही स्वदेशमै, टेक्ने कुनै आधार छैन

भोको पेट भरिएन, तराई पहाड हेरीहेरी

नांगो हर छोपिएन, दशैँ पर्खी टालो फेरी ।

००००००००००००००

धेरै आए फर्कीफर्की, हुम्ला जुम्ला बाटो खने

रोल्पालाई डोल्पालाई, जापान भने युरोप भने

भाग्य होइन श्राप होइन, कान्ति रोक्ने सती होइन

शिखर पुग्ने पाइला हाम्रा, डोर्याउने मुली नै भएन ।

 

तपाइँको प्रतिक्रिया