गजल
–प्रदीप सुबेदी
जिस्काई यो मनलाई चलेर पो गयौ निष्ठुरी
सल्किएर मुटुभित्र जलेर पो गयौ निष्ठुरी
अधुरै भए कठै अत्रिप्त मेरा प्यासहरु
आँखाभरि लटरम्म फलेर पो गयौ निष्ठुरी
कोरेर छोडिदियौ नाम नमेटिने जिन्दगी यो
प्रतिबिम्ब यो मनकि ढलेर पो गयौ निष्ठुरी
चिसा भए हिउँदहरु धेरै बगे वर्षाहरु
औंला भाँच्दै बस भनि छलेर पो गयौ निष्ठुरी
–ज्या, म्याग्दी
हाल-कतार
सम्पर्क [email protected]





