कविता : खसि बजार
● कपिल अधिकारी / ताइपे, ताइवान
यसपाली पनि दशैं लाग्यो
खसी बजार भरि खसी लेराइयो
यताउताबाट
स्थानीय, बोइलर
सानो, ठुलो दारको
रोगि, निरोगी
तन्नेरी, बुढो धेरै घामपानी खाको
कुनको कति तौल र कति मूल्य
मोल मोलाई भै रहेछ ।
+++++++++++++++
यसपाली पनि चुनाब आयो
उम्मेदार लेराइयो
यताउताबाट
स्थानीय, बोइलर
सानो, ठुलो दारको
समाबेशी, प्रतिसत मिलाएर
तौल र मूल्य बखान
मलाई चुन भनेर
मोल मोलाई गराई रहेछ आफ्नै ।
+++++++++++++++
एउटा,
मालिकले मोल गर्दै छ
बार्गेन चल्दै छ
खसी छिटै ढालिने छ दशैंमा
अर्को,
आँफै आफ्नो मोल तोक्दै छ
मलाई चुन भन्दैछ
भाउ बढाबढ गर्दै छ ।
+++++++++++++++
अलिपछि
हामीलाई नै खसी बनाउने उद्योग गर्दै छ ।





