कर्मचारी अभावले बेलायतको नेपाली दुताबासमा ढिलासुस्ती, कर्मचारीभित्र भाँडभैलो

 विकास खतिवडा / लण्डन

Nepalese-Embassy-in-Londonबेलायतको लण्डनस्थित नेपाली दुतावासमा कर्मचारी अभावका कारण काम ठप्प भएको सेवाग्राहीहरुले गुनासो गरेका छन । दुतावासमा रिक्त अस्थायी कर्मचारीहरुको पदपुर्ति नहुँदा दैनिक प्रशासनिक काम समेत प्रभावित भएको बुझिएको छ । दुतावासमा फोन गर्दा फोन पनि नउठ्ने तथा कामका लागि जांदा समयमा नै काम गर्न नसकिने उनीहरुले गुनासो गरे ।

करीब दुई महिनाअघि रिक्त मेड तथा फुटम्यान पदमा राजदुत डा सुरेशचन्द्र चालीसे र उपप्रमुख तेजबहादुर क्षेत्रीको रस्साकस्सीले पुर्णता पाउन सकेको छैन । दुबैजना आ–आफ्ना मानिस घुसाउन लागिपरेको दुतावासका एकजना काउन्सीलरले नाम नबताउने सर्तमा जानकारी दिए । राजदुत चालीसेको सहायक कर्मचारीका रुपमा कार्यरत प्रिती गुरुङले पनि गतसातादेखि काम छोडेपछि दुतावासमा कर्मचारीको टड्कारो अभाव थियो । यद्यपी । राजदुत चालीसेले आफुखुशी विज्ञापन नगरीकन नै केहि समयअघि दुतावासमै काम गरेकी प्रतिक्षा गुरुङलाई पुन ल्याएका छन । 

राजदुत चालीसे आफुले घरको काम गर्न ल्याएका दुईजना कार्मचारीहरु उर्मिला श्रेष्ठ र सन्तोष मरासैनीलाई रिक्त पदमा राख्न चाहन्छन् भने उपप्रमुख क्षेत्रीले साला नाता पर्ने सुरेन्द्र रायमाझीलाई राख्नुपर्नेमा जोड दिएको ति काउन्सीलरले बताए । उहांहरुको खिचातानीले योग्य र सक्षम मानिस आउन गाह्रो छ, उनले भने ‘आफ्नो मानिस भर्तिकेन्द्रको अखडा बनाउनुका सट्टा राम्रो र क्षमतावान मानिस आउनुपर्ने हाम्रो तर्क छ ।’ यद्यपी रिक्त पदहरुमा करीब २० जनाले फर्म बुझाएका छन । बुझाईएका फर्महरुका बारेमा अगष्टको अन्तिम साता नै टुंगो लगाउनुपर्ने हो, ति कर्मचारीले भने, राजदुत चालीसे र उपप्रमुख क्षेत्रीको आपसी खिचातानीले अहिलेसम्म कुनै काम कार्वाही हुनसकेको छैन ।

राजदुत चालीसेका विश्वासपात्र लेखा सहायक सुर्यबहादुर थापाले चांडै नै टुंगो लगाउने जानकारी दिएपनि अहिलेसम्म कुनै प्रकृया शुरु गरीएको छैन । दुतावासमा फोन उठाउने, सरसफाई गर्ने तथा पासपोर्ट शाखामा पनि कर्मचारी अभावको प्रतक्ष असर देखापरेको छ । 

को हुन मरासैनी, श्रेष्ठ र रायमाझी ?

सन्तोष मरासैनीलाई राजदुत चालीसेले आफुसंगै बेलायत ल्याएका थिए । नाताले चालीसे र मरासैनी नजिक छैनन यद्यपी राजनीतिक आर्शिबाद छ मरासैनीलाई उनी नेपाली कांग्रेसका सभापति शुशील कोइरालाका सुरक्षा अधिकृत महेन्द्र मरासैनीका आफ्नै भाई हुन । कोइरालाका गार्ड महेन्द्रले भाईलाई दुतावासमा काम लगाउन आफ्नो पावर मात्र होइन धनराशी पनि खर्चिएको दुतावासका कर्मचारीहरु बताउंछन । त्यस्तै उर्मिला पनि राजद’तकै निगाहामा आएकी हुन । उनको परिवार राजदुत चालीसेकी धर्मपत्नि डा मिलन अधिकारीको माइतीसंग धेरै नजिक छन । सम्भवत उर्मिलाका बाबुआमा डा। अधिकारीको माइतीमा बस्छन्, एक कमएचारीले बताए ।

सुरेन्द्र रायमाझी उपनियोग प्रमुख तेज बहादुर क्षेत्रीका राख्खै साला । आफु बेलायतमा रहेका बेला सालालाई जोहो गर्न पाए ससुरालीमा ठुलै मान मिल्ने सपनामा छन उनी । राजदुतलाई पनि उनले साला नियुक्ती गरीदिन दवाब दिइरहेको श्रोतले बतायो ।

दुतावासमा भांडभैलो

नेपाली दुतावासको वास्तविकता सुन्दा धेरैलाई अचम्म लाग्छ । आर्थिक भागबण्डामा माथिल्ला कर्मचारीहरुको कुरा नमिलेको बुझिएको छ । राजदुत चालीसे र लेखा प्रमुखबीचको सम्बन्ध भने धेरै राम्रो छ तर उपनियोग प्रमुख लगायतका अन्य कर्मचारीसंग राजदुतको सम्बन्धमा चिसो पन छ । आखिर एउटै मिसनमा काम गर्ने कर्मचारीबीचमा मनमुटाव किन ? यो अझै रहस्य मय नै छ  ।

तपाइँको प्रतिक्रिया