एकानब्बे वर्षकी आइ टी आमै

DSC_0789

उनको हातमा आइप्याड थियो । ‘हेहेहेहेहे’ हाँस्दै थिईन् उनी । उनको घरभित्र पसेर नमस्ते गरें फ्रान्सेली भाषामा । हत्त न पत्त आइप्याडको बटन थिचिन् । मैले जिस्क्याएँ ‘क्या हो तपाई दिनभरि ब्वाईफ्रन्डसित च्याट गरेर बस्नुहुन्छ ?’

‘हाहाहा, यो ददीले जहिल्यै जिस्काउँछ । यसले मलाइ ब्वाईफ्रेन्ड खोजिदिउँला भनेको दुई तिन वर्ष भो, खोज्ने होइन ।’

‘मैले के खोज्ने ? तपाईको छैन र ?’

‘छैन नी’

DSC_0776

‘अनि कोसित हो त यस्तरि च्याट गर्ने आइफोनमा ?’ फोटो हेर्छु, छोरीहरुसित स्काईपमा गफ मार्छु । फोटो खिचेर राख्छु ।’

‘मेरी छोरीले उपहार देकि मेरो नब्बे वर्षको जन्मदिनको उपलक्ष्यमा । अहिले त म ९१ कि भएँ ।’

‘आमाले प्रेमीसित गफ हानोस् भनेर होला किनिदिएको’ जिस्काईदिएँ मैले ।

‘मलाइ आधुनिक उपकरण मन पर्छ । मेरो उमेरका अरुले चलाउँदैनन् के भेट्नु ब्वाईफ्रेन्ड ?’

DSC_0785

त्यसपछि उनले आइफोन खोलिन फेरि । अनि थालिन मेरो फोटो खिच्न । पुराना फोटो खोज्दै थिईन् आमै । उनले नजानेझैं लागेर म यस्सो अनुमानका भरमा देखाउन खोज्दै थिएँ । उनले भनिन् ‘भएन भएन । त्यसरि हैन । यि यता यता यसरि जाने, पाईेएन भने सर्च बटनमा थिचेर यसरि खोज्नुपर्छ । फ्याट्टै देखाइहाल्छ ।’

गत सेप्टेम्बरको पहिलो शनीबार फेरी लियों शहरमा नेपाल संवन्धि कार्यक्रम भयो । हलमा यिनै आमै देखा परिन् । हातमा आइप्याड बोकेर । कुना कुना पुगेर आइप्याडले फोटो खिचिन् । अनि फोटो कस्तो आयो त ? तत्कालै हेर्थिन । मान्छेका अनेक अनेक आशनका फोटो खिचिन् । ‘ल उभिनुस् । यता हैन यता फर्केर । यत्तातिरबाट राम्रो आउँछ’ मान्छेलाई कता उभिनुपर्छ भन्ने सिकाउँदै फोटो खिच्थिन् ।

1374981_10200934584547058_2114533247_n

DSC01719

फोटो खिचेपछि सोध्थिन ‘तपाईको ईमेल ठेगाना छ ? ल फोटो पठाइदिम्ला ईमेल ठेगाना दिनुस्’ ईमेल ठेगाना लिन्थिन् । वरिपरिबाट हिँड्नेहरु जिल्ल परि परि हेर्थे । मरिमरि हाँस्थे कोहि । कोहि गफ्फिना आउँथे । कोहि परैबाट हेर्थे रहर मानिमानि यि आमैले आइप्याड तेसार्दा । ‘बाबै नी यस्तो उमेराँपनि आईप्याड चलाउने’ कोहि भन्थे । कोहि ‘आधुनिक महिला’ भनेर सुनाउँथे । कोहि प्राविधिक इन्जिनियर र कोहि कम्प्युटर इन्जिनियर भनेर हाँस्थे ।

हलमा सांस्क्रितिक कार्यक्रम शुरु भयो । उनी चाहिँ त्यहि आइप्याड उचालेर तम्तयार भईन् । न्रित्य नसक्किउन्जेल हात ठड्याएको ठड्याई । कहिलेकाहिँ आफैँ खिच्दै आफैं मुर्छा परेर हाँस्दै ।

DSC_0777

पाँच छोरी, तिन छोराकि आमा । एक्लै बस्छिन् । एउटी छोरी र उनको बसाई एउटै घरका अलग आपर्टमेन्ट छन् । तर पकाउने, खाने, घरको सफा सुग्घर राख्ने सबै आफैंले हो । गूँड बनाईन् आमैले । हुर्काईन् बचेरा । हातगोडा दह्रा भए । पखेंटा लाग्यो ति उडेर गए चराका बचेरा झैं । तर चराका बचेरा र यिनका बचेरामा अलि फरक छ । उनका बचेरा टाढा भएपनि सम्झिराख्छन् । सम्पर्क भैराख्छ । मेरो यहि च्याट हो । ईमेल हो । अनि उनले तिसित सम्पर्क राख्न स्काईप खोलेकि छन् । छोराछोरी र अन्तिनातिनासित स्काईपमा कुरा गर्छिन् यहि आइप्याडबाट । आफन्त र आफ्ना बचेराले पठाएका खबर ईमेलमा पढ्छिन् ।

DSC_0778

हाम्रो देशमा ३५ पुग्न लागेपछि ‘ओ लौ म त अब बुढी भएँ’ भनेर बुढेसकाल डाकेको सुनिन्छ । ‘नाती नातिना त भैसके अब त हाम्रो के जिन्दगी हुन्छ र बाबै’ भनेर लत्तु छोड्ने त झन कति कति । पचास नाघेपछि त ‘अब बुढी भईयो’ भन्दै खुइय खुइय गरेर पुन्पुरोमा हात लगाउँछन् । तर ९१ वर्षकी यि आमैलाई अझै हरेकदिन नयाँ प्रविधी सिक्नु छ । ‘यो भन्दापनि अझ तगडा आइप्याड आइसके’ सुनाउँछिन् ।

DSC_0790

उनलाई म बुढी भएँ, अब सक्दिन । बाहिर निस्किनुहुन्न । लड्छु कि, ढल्छु कि भन्नेसम्म चिन्ता छैन । कार्यक्रम भएको साँझ राती एक बजेसम्म उनी आइप्याडले तस्विर खिच्दै थिईन् । बरु पाका उमेरका तन्नेरिहरु ‘थाकियो’ भन्दै घरतिर हिँडेका थिए । उनी चाहिँ सबै दर्शक हिँडिसकेपछि कार्यक्रम आयोजकमध्येपनि अन्तिममा आइप्याड च्यापेरै निस्किन् ।

तपाइँको प्रतिक्रिया