नेपाल चाख्न फ्रान्सेलीको ओईरो

DSC_0750

शनीबार लियों शहरमा नेपालका विविध सम्पदा, सांस्क्रितिक, धार्मिक, प्राक्रितिक अनि पर्यटकिय आकर्षणका महत्वपूर्ण स्थलहरु आफ्नै थलोबाट घुमे लियों निवासी फ्रान्सेलीहरुले । लियों नगरपालिकाको हलमा नेपाल संवन्धि कार्यक्रम आयोजना गरिएको थियो । यसको तयारि कतिसम्म थियो यसैकालागि स्विजरल्याण्डबाट पत्रकार भाईहरु निराजन श्रेष्ठ, दीपक शर्मा खतिवडा र अर्कि बहिनी गौरी गुभाजू आएकि थिईन् । स्विजरल्याण्ड निवासी यि तिन पात्र र म शुक्रबारनै लियों शहर पुगेका थियौं । राति मध्य रातपनि कट्दा आइपुगे स्विजरल्याण्डबाट ।

DSC_0633

DSC_0637

शनीबार बिहानै देखि भाईहरु न्रित्य तयारिमा लागे । तिनबजे कार्यक्रम स्थल्मा पुग्दा बाहिरै गेटमा नेपालको मन्दिर उभिएको थियो । नेपालको झण्डाले आगन्तुकहरु पर्खिएको थियो । ध्वजा र पताकाले मन्त्र फुकिरहेका थिए ।

DSC_0780

नगरपालिकाले उपलब्ध गराएको हल बिशाल थियो । भित्तामा पुरै नेपालका धार्मिक, सांस्क्रितिक द्रिष्यहरु थिए । सहभागि हुन आउनेहरु यि द्रिष्य र फोटो हेर्न झुम्मिएका थिए ।

DSC_0650

नेपालमा हुने भ्रस्टाचारका विषयको जिम्मेवारि मेरो थियो । त्यसैले त्यसका विषयमा के कसरि हुन्छ ? संस्थागत, राजनितिक भ्रस्टाचार । बिदेशीहरुले दिने आर्थिक सहयोग, गैह्र सरकारि क्षेत्रमा दिने सहयोगमाथि भ्रस्टाचार । के कसरि बच्नु र होसियार बन्नु पर्छ भ्रस्टाचा नहोस् आफूले दिएको सहयोगमा भन्ने उल्लेख थियो । पत्रकार दाई मोहन मैनाली, बिनोद पौडेल लगायत केहि मित्रले दिएको सुझाव, सन्दर्भ सामाग्रि र भ्रस्टाचारका विषयमा प्रकाशित करिब १३५ पेजको सामाग्रि पढेर मैले तयारि गरेको थिएँ । तर जति कार्यक्रममा भनियो र भित्तामा राखिएको थियो त्यसैले पुगेछ । वा छर्लङ्गै भएछ । बहसकालागि कस्सिएर बसेको म प्रश्नको सामना गर्नै परेन । बरु नेपालमा हुने भ्रस्टाचारको अवस्था देखेर जिब्रो टोके । सबै र भए जाने अनि भ्याएसम्मका बिदेशीलाई जानकारि दिएर सतर्क गराउनुपर्ने बताए ।

DSC_0766

नेपालमा हुने बालबालिका बेचबिखन, अपहरण र भ्रस्टाचरका बारेमा कार्य भन्ने अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले डकुमेन्ट्रि बनाएको रहेछ । हुम्लाका केटाकेटी भन्ने नाम दिएको त्यो डकुमेन्ट्री साह्रै मन छुने खालको थियो । वालवालिकाले बाबु आमा छोड्नु परेका पिडा र आफ्नो गाउँ छोडेर शहर पस्दा भोग्नु परेको सास्ति सबै समेटिएको थियो । गैह्र कानुनीरुपमा धर्मपुत्र पुत्री बनाएर पश्चिमी मुलुक ल्याएका वालवालिकालाई तिनक बाबु आमा खोजेर फिर्ता दिन सहयोग गर्ने रहेछ यो कार्य संस्थाले । त्यसरि हराएका वालवालिकाका नाम र विवरण लहरै राखिएको थियो । यसले धेरैलाई भावुक बनाएको थियो ।

DSC_0804

बहिनी गौरी गुभाजुले अचम्मैसित सुन्दर न्रित्य देखाईन् । पुरै पेशागत न्रित्यांगनाको जस्तो थियो उनको न्रित्य । वाही वाही गरेका थिए दर्शक । स्विजरल्याण्डदेखि फ्रान्स आएर कार्यक्रममा सहयोग गरेको भन्दै प्रशंसापनि निकै चुलिएको थियो।

DSC_0712

हल पुरै भरिएको थियो दर्शकहरुले ।

DSC_0907

कोत द रोन नामको वाईनपछि न्रित्यको मज्जा

DSC01725

पत्रकार भाईहरु निराजन श्रेष्ठ र दीपक शर्मा खतिवडाको गायन । सुरिलोकण्ठ भन्दै फ्रान्सेलीहरु भुतुक्क भुतुक्क भएका थिए ।

DSC_0892

कतिन्जेल बस्ने होला धरान धनकुटा भन्ने बोलको गीतमा गौरी गुभाजु बहिनि । असाध्यै जम्यो यो गीतमा बहिनी नाच । सिटि फुकेर कानै च्यात्लान झैं गरे त दर्शकहरुले ।

DSC_0887

लियों निवासी माईला थापा मगरको आफ्नै संस्क्रितिको मोह हुन् यि दुई छोरी । कार्यक्रममा गुरुङ पहिरनमा ल्याएका यिनले सांस्क्रितिक चासो, मोह देखाए ।

DSC_0922

पुनम थापा, महेश थापा, जिवन लिम्बु, छिरिङ लामा,माईली, कमल, रामु गिरी लगायतका लियों निवासी धेरै नेपालीले बिहानै देखि यो पर्वकालागि सबै छोडेर सकेको साथ लागे । महेश र पुनका जोडीले त केहि दिनदेखिनै नेपालीहरुलाई भेला गराउने र संयोजनको काम गरेका रहेछन् । र यिनले बनाएको खाना फ्रान्सेलीहरुले मात्रै होइन, ट्वाक्क पिरो अ मिलो चाहिने नेपालीको जिब्रोमापनि मिल्ने खाले थियो। अर्थात् पिरो खाने र नखानेकालागि छुट्टा छुट्टै ब्यवस्था । नेपाल र नेपालीलाई चिनाउन, प्रबर्धन गर्न आयोजित यो कार्यक्रममा सहयोग गर्ने धेरै थिए । तर ति मध्ये मुख्य भूमिका खेल्नेहरुको सामूहिक तस्विर हो यो ।

तपाइँको प्रतिक्रिया