दुतावासलाई झुक्याउने तस्करको जुक्ति : नेपालीलाई युरोप छोडेर तिनका पासपोर्ट नेपालका दुतावासमा
नेपालप्लसले करिब दुई हप्ता अघि मानव तस्करहरुबारे लेखेको समाचारका बारेमा लिथुआनियाको दिल्लीसित दुतावास र लिथुवानियाका लागि नेपालका कन्सुलरले चासो दिएका छन् । तिनले यि मानव तस्करबारे उनीहरुले खोजिगरेका छन् । नेपालप्लसको समाचारपछि लिथुवानियाका लागि नेपालका कन्सुलर रामु सापकोटाले नेपालप्लससित ति मानव तस्करबारे थप जानकारि मागेका थिए । उनले पाएको जानकारिका दिल्ली स्थित लिथुवानियाको दुतावास पठाउने र दलालहरुलाई कारवाहीका लागि आग्रह गर्ने बताए ।
केहिदिन अघि उनले सम्पर्क गरेर यो जानकारि दिएका हुन् । ति मानव तस्करले के कसरि, कहाँबाट नेपालीलाई ठग्ने गरेका हुन्, भिसा मिलाउन केकस्तो कागजपत्र र कस्तो सम्पर्क गर्ने गरेका हुन् भन्ने आफूले खोजि गरेको जानकारिपनि दिएका हुन् । मानव तस्करहरुबारे सम्पूर्ण तथ्य पत्ता लगाएर कारवाहीका लागि सिफारिस गर्ने जानकारिपनि कन्सुलर सापकोटाले टेलिफोन सम्पर्कमा दिए । तस्करहरु कन्सुलर र दुतावासलाईसमेत मज्जाले छक्काउन सफल भएका छन् ।
केहि दिन अघि नेपालीहरुलाई जागिर पाइन्छ, पैसो कमाइन्छ भन्दै ढाँटेर युरोप छोडिदिने मानव तस्करबारे लेखिएको थियो नेपालप्लसमा । यसपछिपनि मैले त्यो विषयलाई त्यत्तिकै छोडिन । त्यसका भित्रि पाटापनि खोतलिरहेको थिएँ । बुझ्दै जाँदा मानव तस्करहरुले नेपालीलाई छक्काउन अनेक अक्किल गर्ने पत्ता लाग्यो । नेपाली दलालले मात्रै होइन, युरोपको गोरे दलालेपनि निक्कै अक्किल अपनाउने रहेछ । दलालहरुले आफ्नो बास्तबिकता थाह नपाउन् भनेर आफ्नो बास्तविक नामपनि ढाँट्ने रहेछन् । नेपालबाट सयौं मानिसलाई युरोपको ल्याएका दलाल युवराजले आफ्नो नाम नै ढाँटेका रहेछन् । उनको बास्तबिक नाम नरेश श्रेष्ठ रहेछ । लिथुआनिया हुँदै युरोप ल्याएर नेपालीलाई ठग्ने मूख्य दलाल वा ठग यिनै हुन् । त्यसपछि अर्को ठग रहेछ सुरेश श्रेष्ठ ।
यि ठगहरुले गत साल फ्रान्सको भिसापनि लिन सफल भएछन् सात जनाको लागि । ति सात जना नफर्किएपछि फ्रान्सेली दुतावासले थप ब्यक्तिलाई भिसा दिन इन्कार गरेपछि यिनले अन्य देशबाट लिन थालेका रहेछ्न् । भिसा लिनु अघि ति दलालहरुले दुई देखि तिन लाख लिने गरेका थिए । भिसा लिईसकेपछि अग्रिम दिएको सहित जम्मा सात लाख लिने गरेका थिए । बाँकि तिन लाख बिमानस्थलमा लिएर मात्रै उडाउने गरेका थिए । पैसा लिईसकेपछिपनि तिनले सबैको राहदानी आफैंले राख्ने गर्छन् । लिथुआलियाको बिमानस्थलमा ओर्लेपछि लिथुआनियाली दलाल भिलिउस् स्तनिलिउस्ले पर्यटक ओसार्ने भि आइ पी गाडी लिएर तिनलाई सिधै होटेल कम्फर्ट लैजाने गर्छन् । त्यहाँ राखेर तिनले केहि दिन लिथुआनिया घुमाउँछन् ।
उनीहरुले शुरु शुरुमा नेपालीहरुलाई लोभ्याएर त्यसको प्रचार नेपालमा होस् र अझ धेरै नेपाली लाई ल्याउन सकियोस् भन्ने उद्देश्यले लिथुआनियाको स्तरिय होटेल कम्फर्टमा राख्ने गर्थे । त्यसको खर्च शुरुमा आफैंले तिर्थे । त्यो बेला होटेल र नेपालीलाई लिथुआनियाका केहि पर्यटकिय क्षेत्र घुमाएर आकर्षक तस्विर खिचाएका थिए । पछि तिनै तस्विर नेपाल पठाएर थप नेपालीलाइ लोभ्याएका थिए ।
दुताबासलाई युरोप लगेका नेपाली फर्किए भनेर झुक्याउनकालागि उनीहरुले पासपोर्ट आफैले लिने । नेपालीलाईलाई भने पासपोर्ट हरायो भनेर अर्को बनाउन लगाउने गरेका थिए । आफुले युरोप ल्याएर छोडेका नेपालीको पासपोर्ट भने फर्केर गएपछि दुतावासमा ‘ल हेर यि हामीले लगेका नेपाली फर्किए, पासपोर्ट यहि हो’ भन्दै भिसा सहितको पासपोर्ट देखाउने गरेका थिए । ति दलालले लिथुआनियामा नबसेपछि फरक पर्दैन, अरु जुन देश गएपनि हुन्छ भन्दै लिथुआनियाबाट फरार हुन हौस्याउने गरेका थिए ।
उता लिथुआनियाका स्थानिय दलाले भने हरेक पटक नेपाली ल्याएपछि नेपालको ब्रोसर हात हातमा राखेर लिथुआनियाका पर्यटकिय क्षेत्रमा बाँड्न लगाउने गर्थे । नेपालीहरुलाई नेपाली टोपी, कोट प्याण्टमा सजिन लगाएर ब्रोसर, नेपालका र पोस्टर बाँड्न लगाउने, सानोतिनो पर्टकिय कार्यक्रम आयोजना गर्ने र त्यहाँ नेपालीलाइ सहभागि हुन लगाउँथे । ति तस्विरहरु खिचेर उता नेपालमा ‘यि यस्तो काम गर्छन् त्यहाँ नेपालीले’ भन्दै झुठो प्रचार गरेर थप नेपाली ल्याउने । यता लिथुआनियाको प्रशासन, मेयर कार्यालय र अन्य संवन्धित निकायलाई भने नेपालीहरु आएर यसरि प्रचार गरेका छन् । पाँच तारे होटेलमा बसेर यस्तरि लिथुआनिया घुम्दै पैसा खर्च गर्छन् भनेर देखाउने । त्यसरि देखाएर भिसाकालागि थप कागज बनाउने गरेका थिए । कुनै कार्यक्रम गर्दा अंग्रेजी बोल्न जान्नेहरुलाई अगाडि सार्थे भने अंग्रेजी बोल्न नजान्नेहरुलाई ‘तिमीहरु केहि नबोल, अगाडि नजाउ’ भन्दै चुपचाप पछाडि बस्न लगाउँथे । यसरि लिथुआनियाली र नेपाली दलालले दुबैतिर भ्रम छरि नेपालीलाई ठग्ने गरेका थिए ।
नेपालप्लसमा प्रकाशित रिपोर्ट, नेपाली र लिथुआनियाली दलालहरुबिच भएको पर्यटन प्रवर्धनको संझौता सबै दिल्लीस्थित लिथुआनियाको दुतावासमा पठाएको कन्सुलर सापकोटाले बताए । उनले नेपालीहरुलाइ ठग्ने काममा लिथुआनियाली ब्यक्ति समेत रहेकाले उनलाइ कारवाही गर्न आग्रह गरेपनि दिल्लीस्थित लिथुआनियाका राजदूतले ‘लिथुआनियालीले सबै प्रक्रिया पुर्याएकाले कारवाही गर्न अप्ठेरो भएको’ बताएको जानकारि दिए । नेपाली दलालहरुले झैं किर्ते काम गरेर नभई तिनले सरकारि स्तरको सबै प्रक्रिया पुर्याएको र औपचारिक रुपमा लिखित संझौता अनुसार सबै पुरा गर्ने गरेका थिए । त्यसबापत उनीहरुकेहि कमिशन लिने तर धेरै रकम चाहिँ नेपाली दलालहरुले लिने गरेको स्रोतले बतायो ।
आफुलाई अग्नी सापकोटाको छोरो हुँ भन्ने भरत सापकोटाले भने काठमाडौं बसेर पहुँच प्रयोग गर्ने । नेपालीहरुले कुनै कारणबश निहुँ खोजे थर्काउन, अविश्वाश गरे बिश्वास दिलाउन पर्दा पछाडिबाट काम गर्ने गरेको युरोप आएर अलपत्र परेका नेपालीले बताएका छन् । नरेश श्रेष्ठ र सुरेश श्रेष्ठले भरत सापकोटाले अग्नी सापकोटाको छोरो हो भन्दै प्रचार गर्ने गरेका थिए । यता लिथुआनियाको स्थानिय एजेन्ट (दलाल) लाईपनि वि वर्क विथ फर्मर मिनिस्टर एण्ड स्पोक्समेन अफ माओइस्ट पार्टी’ भन्दै प्रचार गरिएको थियो ।
नरेस श्रेष्ठसित मिलेर काम गरेपनि भरत सापकोटा काठमाडौंमा अगाडि नसर्ने र पछाडिबाट सहयोग गर्ने, कमिशन लिने गर्थे । पछिल्लो पटक भने उनी आफैंसमेत नेपालीहरुलाई लिएर नरेश श्रेष्ठसँगै आएका हुन् । र त्यो उनको पहिलो युरोप भ्रमण थियो । अग्नी सापकोटाको छोरो हुँ भन्दै उनले नेपालीलाई ठग्ने गरेको समाचार नेपालप्लसमा आएपछि उनले खण्डनको प्रयास गरेपनि उनले ओसारेका नेपालीहरुले भने उनको खण्डन झुठो भएको बताएका छन् । पोर्तुगलस्थित माओवादी कार्यकर्ताकै अनुसारपनि उनले आफूलाई अग्नी सापकोटाको छोरोकै रुपमा प्रचार अग्र्ने र नेपालीहरु ओसार्ने गरेका हुन् ।
यसैसित संवन्धित अघिल्ला लेखपनि हेर्नुस्
अग्नी सापकोटाका भतिज पो रहेछन् मानव तस्करी गर्ने
भिसा मिलाउन माओवादी नेताको छोरो हुँ भन्दै फसाएका पो रहेछन् दलालले ?
पैसा सोर्न पाइन्छ भन्दै युरोप ल्याएर माओवादी नेताका छोराले पारे बिचल्ली दर्जनौं नेपालीलाई




