यो पो रहेछ पत्रकार न्यौपानेमाथि आक्रमण गर्ने त !
अस्ति सोमबार साँझ करिब ९ बजे बेल्जियमका पत्रकार सन्तोस न्यपानेमाथि कुनै गुण्डाले आक्रमण गर्यो । उनी रेडियो कार्यक्रमका लागि रिपोर्ट बनाउँदै गर्दा आक्रमणमा परे । आक्रमणकारि रहेछ जिवन शर्मा । सुन्दै हाँसो लाग्छ, यस्तो गुण्डालाई एभरेस्ट नेपाली समाज ब्रुजले सल्लाहकार पो राखेको रहेछ । नेपाली लोकतान्त्रिक मंच बेल्जियमका क्षेत्रीय उपाध्यक्षपनि रहेछन् यि । यो नेकपा एमाले निकट बेल्जियमको संगठन हो । उता नेपालमा एमालेले युवा दस्ता बनाइरहेका बेला यता बेल्जियममा त्यहि पार्टीको कार्यकर्ताले पत्रकार न्यौपानेमाथि आक्रमण गरेका छन् ।
नेपाली कलाकारहरु बेल्जियम आएर सांगितिक कार्यक्रम गरेको विषयमा पत्रकार सन्तोस न्यौपानेले लेख लेखेका रहेछन् माई सन्सारमा । हो त्यहि विषयलाई लिएर उनले तथानाम गाली मात्रै गरेनन्, भौतिक आक्रमणनै गरेका हुन् । घटनापछि एमालेको भात्रि संगठन लोकतान्त्रिक मञ्च र त्यो एभरेस्ट एशिसियसन दुबै मौन छन् ।
बेल्जियममा पर्दा पछाडिबाट धेरै गैह्र कानुनी काम र अनेक काला कर्तुत हुन्छ । त्यस्तै गर्ने मध्ये रहेछन् यि आक्रमणकारि जिवन शर्मापनि । शर्माको परिचय पत्रले त्यहि देखाउँछ । नेपालमा ट्रेकिङ, राफ्टिङ र अन्य टूर गराउने भन्दै उनले परिचय पत्र बनाएका रहेछन् । तर बेल्जियमको कानुनले यसरि पर्यटक अर्को देश लैजान र परिचय पत्रनै बनाउँन त्यहाँ दर्ता हुनुपर्छ । कार्यालय हुनुपर्छ । त्यो दुबै उनीसित भएको प्रमाण अहिलेसम्म छैन । त्यसैले जिवन शर्मा आफू गैह्र कानुनी काममा मुछिएर सन्तोस न्यौपानीमाथि आक्रमण गरेका रहेछन् । आफ्नो कालो कर्तुत कुनै दिन न्यौपानेको कलमले उधिनेर समाजका अगाडि उतारिदिएला भन्ने डरले उनले पत्रकारको कलम भाँच्ने खोजेको प्रस्टै बुझिन्छ ।
सन्तोस न्यौपाने बेल्जियममा पत्रकार हुँ भनेर हिँड्ने धेरै मध्ये औंलामा गन्न सकिने मध्येका पत्रकार हुन् । उनले त्यहाँबाट लेखेको समाचारले गर्दानै धेरै मानव तस्करको मुटु हल्लिएको छ । पैसो खाएर इजरायलबाट बेल्जियम ल्याउनेले पैसा फिर्ता दिएका छन् । संस्थामा हुने लूटहरुको पर्दाफास भएको छ । गोजीमा कलम भिरेर चाकरि बजाउने पत्रकार नामधरीकालागि पनि उनी एक काँडा हुन् । बेल्जियमका फटाहा, अत्याचारी, भ्रस्टाचारी र मानव तस्कर अनि सामाजिक सेवाका नाममा अनेक कर्तुत गर्नेको मुटु हल्लाउन सक्ने एक पत्रकार हुन् उनी । त्यसैले उनलाइ बिगतमापनि आक्रमण प्रयास गरिएको थियो । धम्कि दिईएको थियो ।
तर यो कालो कर्तुत गर्नेको मुकुण्डो अहिलेनै उतारिएको छ । बेल्जियमका धेरै नेपालीले आक्रमणको बिरोध गरेका छन् । सन्तोसको साहसको प्रशंसा गरेका छन् । जिवन शर्माको मुकुण्डो उतारिँदा यदि उसलाई कारवाही गरेन भने नेपाली लोकतान्त्रिक मञ्च भनिने एमाले निकट संगठनको मुकुण्डोपनि उत्रिने छ । एभरेस्ट एशिसियन भनिने ब्रुग शहरमा रहेको संस्थाकोपनि उत्रिने छ । सामाजिक सेवा गर्छु भन्ने, राम्रो राजनितिक संस्कार बनाउन भनेर राजनितिक झोला बोक्ने, आस्था लिएर हिँड्ने सबैले यसको बिरोध गर्नुपर्छ । यस्ता आक्रमणकारिलाई कानुनी उपचार गराउन सहयोग गर्नुपर्छ । त्यहाँको नेपाली समाजमा यस्ता गुण्डालाइ चिनाउनु पर्छ ।
बेल्जियममा काला कर्तुत गर्नेहरुले धेरै पटक पत्रकारहरुलाई धम्कि दिएका छन् । नेपाली कांग्रेसको राजनिति गर्छु भन्ने जानकी गुउर्ङ जस्ता त एन आ र एनका अध्यक्ष भए जो बाटो छेकेर पत्रकार कुटपिट गर्न महिलाहरुको गुण्डा दल बनाएरै उत्रिएकि थिईन् । पत्रकार केजिन राई, तेज बहादुर नेपाली, महेन्द्र पौडेल, दिकप ज्योति पौडेल लगायत धेरै धम्किको निशाना बनेका छन् । यस्ता आक्रमणकारिहरुलाई तत्कालै कानुनी कारवाही अगाडि बढाउनुपर्छ । बेल्जियमको कानुनले कसैलाई मौखिक गालीसमेत गर्ने छुट दिन्न । त्यसैले यो आक्रमणको त झन बढि कारवाहीयोग्य बन्ने छ त्यहाँको प्रशासनमा ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




