देश भन्दा ठूलो
देशभन्दा ठूली अर्की
मेरी कुनै आमा छैन
देश भन्दा ठूलो अर्को
मेरो कुनै बाबा छैन ।१।
आमापनि देशकै सन्तान
बाबापनि देशकै सन्तान
बाबा आमा हामी सबै
नेपालका एउटै सन्तान ।२।
स्वाभिमान मेरो गहना
राष्ष्ट्रियता मेरो प्राण
चम्काइदेउ आमालाई
राख देशकै किर्ति नाम ।३।
देश सङ्गै भेष बोकी
संस्कृतीका धनी हामी
देशको पूजा गर्नुपर्दा
साह्रै भाग्यमानी हामी ।४।
–ओमबिक्रम ओझा
वैदाम-६ पोखरा (२०४६ सालबाटै प्रगतिशील गीत र कविताहरु लेख्न थाल्नु भएका ओझा राष्ष्ट्रिय जनसांस्कृतिक मन्च कास्की जिल्ला सदस्य हुनुहुन्छ)।