गजल

-नेपोलियन मरहट्टा-  

 

nepolian-marahatta-chitwan

गास,बास र अलिकती कपास देउ देशलाई,  

 

अहिल्यै लाश नबनाउ, सास देउ देशलाई ।

 

 

राजनीतिको चोली भित्र कती बाँध्छौ खुम्च्याएर ?

 

कहिले काही चोली खोली,आकाश देउ देशलाई ।

 

 

अन्धकार भित्र धेरै तड्पिएर बस्नु हुन्न,

 

बिकासको घाम तापी प्रकाश देउ देशलाई ।

 

 

हरियाली आउन फेरी अर्को ऋतु कुर्नु पर्छ,

 

अहिले नै बिचार गरी,मधुमास देउ देशलाई ।

 

 

भोली कहिल्यै आउँदैन,भोली-भोली नभन है ?

 

तिर्खा मेटी थोरै आज मिठास देउ देशलाई ।

 

 

फेरी बाढि आउन सक्छ, कोशीको झैँ छताछुल्ल,

 

अलिकती भएपनि निकास देउ देशलाई ।

 

[email protected]

तपाइँको प्रतिक्रिया