गजल

नेपोलियन मरहट्टा–  

 

nepolian-marahatta-chitwan

 

हराएको मेरो मान्छे देख्नुनुभयो भने कतै,

 

मलाई खबर गर्नुहोला भेट्नुभयो भने कतै

 

 

खोज्नुहोला शहरको भिडहरु छिचोलेर,

 

नेपाल बन्द गरिबाटो छेक्नुभयो भने कतै

 

 

साहित्यको अनुरागी, सायद उनी आउन सक्छिन,

 

सारंगीको तारहरु रेट्नुभयो भने कतै

 

 

जसरीनी उनको घरमा यो खबर दिनुहोला,

 

काठमाडौंमा पाईलाहरु टेक्नुभयो भने कतै

 

 

शहरिया स्वभावकी, ‘घमण्डीहो भन्नु होला,

 

रेडियोमा बिज्ञापन लेख्नुभयो भने कतै

 

 

मलाई खबर गर्नुहोला भेट्नु भयो भने कतै  

 

हराएको मेरो मान्छे देख्नु भयो भने कतै

 

[email protected]

तपाइँको प्रतिक्रिया