कहिले यो मन रुन्छ किन ?
–मान बहादुर केसी “मुस्कान“
कहिले यो मन खुशि हुन्छ, कहिले यो मन रुन्छ किन ?
हरपल हर क्षण यो मनले, जाली कुरा बुन्छ किन ?
तिमीले मलाई नहेरेपनि, मैले तिमीलाई देख्छु सधैं
तिमी एकछिन हराउँदा नी, यो मन पागल हुन्छ किन ?
तिमीलाई पत्र लेखेको छु, देउरालीमा आउनुभनी
हजारौंको भिडमापनि, तिमीलाई नै चुन्छ किन ?
गाइ चराउनु गोठाला बनी, गएपनि रानी वनमा
रुखको पात हल्लिँदानी, तिम्रै आवाज सुन्छ किन ?
पत्याउँदिन तरपनि, बिहेको कुरा सुन्छु आजकाल
सधैं तिम्लाई सपनीमा, बरमाला बुन्छु किन ?
Email- [email protected]
–मंगलसैन ८, अछाम
–हाल: शान्ति सांस्क्रितिक नेपाली समाज, वापी, भारत ।





