गजल
–गणेश खड्का “प्रतिक्षा”
भेटिरह्यो भने मायाँ टाढा हुन्छ भन्छन्
नदेखेकै मायाँ बरु गाढा हुन्छ भन्छन्
देखेपछी मायाँ लाग्ने, नदेखेकै जाती
सधैं काखमा राख्दा पनि साँढा हुन्छ भन्छन्
हेर्न खोज्छु लम्की–लम्की तिम्रो घरको धुरी
आँखा छली लुकाई राख्ने डाँडा हुन्छ भन्छन्
आफु परियो गरीब मान्छे, मन मात्रै ठुलो
धनी मान्छे लोभीको भाँडा हुन्छ भन्छन्
भात खान मिल्ने टपरीका थालहरु
काम सरीसकेपछी ठाँडा हुन्छ भन्छन्
भन्न खोजे मनको कुरा थरथराउँछ ओठ
दिल खोली बोल्दा पनि छाडा हुन्छ भन्छन्
टिपी लान पनि साह्रो ‘गणेश‘ डरको पुरी
सुन्दर फूल वरिपरी काँढा हुन्छ भन्छन् ।
तिवारी भञ्ज्याङग–४, भोजपुर
हाल : भिक्टोरिया (सिसेल्स ) ।





