शीर्ष नेतृत्व नै सिद्धिने विशेष सूचना

NEPAL_POLITICS_157715fके एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको शीर्षस्थ नेतृत्वलाई चुनावको मुखमा वैद्य समूहबाट ज्यान लिने तहसम्मको खतरासम्बन्धी सूचना पाएकै हुन् ? उच्चस्तरीय राजनीतिक संयन्त्रको आइतबारको बैठकमा उनले गरेको यससम्बन्धी रिपोर्टिङ सबैलाई झस्काउने खालको थियो– ‘ठूलै म्यासेज दिन उपल्लो तहका नेतालाई नै सिध्याउने योजना बनाएका छन् । यसो गर्दा भयंकर प्रचार हुने र चुनाव बिथोल्न ठूलो मसला पनि मिल्ने उनीहरूको सोचाइ छ ।’

आफ्नो भनाइलाई पुष्टि गर्न उनले महोत्तरीमा अघिल्लो साता तराईको एउटा सशस्त्र समूहले फोरम कार्यकर्तामाथि गोली प्रहार गरेको र बझाङमा वैद्य समूहले कांग्रेसका क्षेत्रीय अध्यक्षमाथि गम्भीर आक्रमण गरेको घटना विवरण प्रस्तुत गरेका थिए । ‘दिल्लीमा सम्पन्न १२ बुँदे सम्झौतादेखि नै भाँडिएका हुन् । त्यही“बाट गल्ती सुरु भयो र त्यसलाई सच्याउनुपर्छ भन्ने उनीहरूको छ । यिनले चुनावको कुरा त गर्छन् तर भाग लिँदैनन्,’ उनको ठहर थियो । 

विजय गच्छदारले पनि जयप्रकाश गुप्ताले तराईका पाँच नेतालाई रातो घेरा लगाएर थ्रेट गरेको भन्दै चुनाव नचाहने तŒवले आफूहरूलाई समेत खतरा निम्त्याएको बताए । फिल्डमा खट्ने तल्लो तहका कार्यकर्ता र मतदाताको सुरक्षाबारे उदासीन रहँदै एकोहोरो चुनावी रटान लगाइरहेका यी नेता आफ्नै सुरक्षा खतराको थोरै मात्र संकेत पाउँदासमेत यसरी आत्तिएका हुन् । यसअघि नै अशोक राईको जातीय पार्टी र उपेन्द्र यादवको क्षेत्रीय दलले चुनाव रोक्न जस्तोसुकै कदम चाल्ने धम्की दिएकोलाई नपत्याएका ठूला दलहरूको बादलले रत्नपार्कमा मतपेटिका फोरेर चुनाव बिथोल्ने अभियानको आरम्भ गरेपछि र  भूमिगत सशस्त्र संगठनसँग बाक्लो हिमचिम बढाएका जयप्रकाशप्रसाद गुप्ताले फिल्मी शैलीमा मधेसी नेताहरूको तस्बिरमा गोलो रातो घेरा हालेपछि सातो गएको हो  ।

चुनाव हुने÷नहुने यही सेरोफेरोमा सोमबार गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित क्षेत्रीय हाकिमहरूलाई बोलाएर ब्रिफिङ दिएको छ । चुनावविरोधीविरुद्ध कडा रूपमा प्रस्तुत हुन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिँदै गृहमन्त्री माधव घिमिरेले बजेट निकासा नभई, क्षेत्र निर्धारणसम्बन्धी अन्तिम प्रतिवेदन नआई के–कसरी सुरक्षा स्थितिको आँकलन र विवेचना गर्ने हो भन्नेमा अन्योलग्रस्त क्षेत्रीय प्रशासकहरूलाई १५ दिनभित्रै बजेट पठाइसक्ने आश्वासनसमेत दिएका छन् । उनले हिजो मंगलबार बहिष्कारवादी कित्तामा रहेका ३३ मध्ये साना १८ दलसँग वार्ता गरेका छन् भने अबको दुई साताभित्र अन्य ६ वटासँग पनि कुरा गर्ने भएका छन् । वैद्यका धेरैजसो माग ०५१ सालमै प्रस्तुत मागहरूको फोटोकपी रहेको, उनीहरू एक बुथ, एक लडाकु दस्ता, एक केन्द्रीय नेताको नीतिअन्तर्गत बहिष्कारमै जाने मनस्थितिमा रहेको, यसनिम्ति व्यक्ति हत्यासम्मको योजना बनेकोबारे समेत सोमबारको ब्रिफिङमा चर्चा भएको थियो । पार्टी एकीकृत हुँदाका खुँखार लडाकुमध्ये वैद्यसँग १० प्रतिशत रहेको, यो संख्या अशान्ति मच्चाउन पर्याप्त हुने निष्कर्षसहित त्यस अवसरमा उत्तर र दक्षिण दुवैतर्फबाट गरी उपत्यकामा ९० प्रतिशत अवैध साना हतियार भित्रिने गरेको, नेपाल–भारत दुवैतर्फको आन्द्राभुँडी थाहा पाएका जेपी गुप्ताले भूमिगत समूहसँग साँठगाँठ गरी चुनाव भाँडेर भए पनि गुमेको शक्ति आर्जन गर्न खोजेको, वैद्य समूहले राजावादीहरूसँग मिलेर गए चुनावी परिणाम अकल्पनीय आउने विषयमा समेत त्यहाँ कुरा उठेको थियो ।

चुनावी वातावरण निर्माणका दुई महŒवपूर्ण निकाय राजनीतिक नेतृत्व र सरकारको सुरक्षा अंगले चुनावी माहोल निकै खतरायुक्त हुने संकेत गरेपछि आमजनसाधारणमा भने शंका उत्पन्न भएको छ । नेताहरू आफैं डराएको अवस्थामा हामी चुनाव सम्पन्न गराएर देखाइदिन्छौ“ भन्दै सुरक्षा निकाय अगाडि बढ्ने अवस्थामा पनि नरहेको बताइन्छ । केही समयअघि नै चुनावमा आक्रामक ढंगले प्रस्तुत नहुन र दमनकारी योजनामा साथ नदिन वैद्य माओवादीले सेनाका पूर्वजर्नेलहरूसँग अनौपचारिक आग्रहसमेत गरिसकेको समाचार सार्वजनिक भइसकेको परिप्रेक्ष्यमा प्रचण्डले सार्वजनिक रूपमा भनेझै“ पेल्ने अवस्था नरहेको तर ‘गर या मर’ को अवस्थामा अस्तित्वको विषय नै दाउमा राखेका चुनावविरोधी जातीय, क्षेत्रीय दलहरूसहित वैद्य समूह जस्तोसुकै कदम चाल्न तयार रहेको विश्लेषण हुन थालेको छ ।

(आज साउन १६ गते २०६९ सालको जनआस्था साप्ताहिकबाट)

तपाइँको प्रतिक्रिया