परदेशीको बोली
-लक्ष्मी सापकोटा, बेलायत
एकान्त र अन्धकार साथी भयो अब
कता गए आफन्त र परिवार सब
आफ्नो भन्ने कोही छैन बिदेशीको भूमी
सबैतिर खोजिसकें मैले घुमीघुमी ।
एक्लो जिबन एक्लो बसाइ छैन केहि भर
मन खुशी छैन हजुर सधैं डरै डर
कती खुल्ला थियो मन बाँधिएझैं लाग्यो
पर्देशको बास अब निसास्सिदो लाग्यो ।
आफ्नी आमा साथी सँगी आफ्नै देश प्यारो
पराई देशको हावा पनि सासै फेर्न गाह्रो
छैन भनौं सुख शान्ती सबै सुबिधा छ
जती आराम भएपनि मन उडिरन्छ ।
कैले छुनु देशको माटो कैले छुनु घाम
गुम्बा मन्दिर पाईलै पिच्छे आफ्नै प्रिय ठाउँमा
कस्तो सोच्थें के पो रैछ परदेशको माटो
आफ्नो देशमा मर्छु बरु तड्पिनुको साटो ।




