एन आर एन डेनमार्कका उम्मेदवारमाथि एकाबिहानै साँघातिक हमला

trilochan-sapkota-denmark

एन आर एन डेनमार्कको निर्वाचन हुँदै छ यहि अगस्ट २४ का दिन । डेनमार्कमा एन आर एनको निर्वाचनको तिब्र सरगर्मी चढिरहेका बेला अध्यक्ष पदकै उम्मेदवार त्रिलोचन सापकोटामाथि आज बिहानै केहि हतियार धारीले सँघातिक हमला गरेका छन् । नागरिक समाज डेनमार्कका अध्यक्ष सुमन थापाले आज नेपालप्लसलाई दिएको जानकारि अनुसार सापकोटा आज बिहानै आफ्नो कार्यथलोतिर जाँदै गर्दा निलो टोयोटा गाडीमा आएका केहि हमलाकारीले उनलाई करिब साँढे सात बजे आक्रमण गरेर घाइते बनाएका हुन् । उनको नाक, कान, घाँटी, मुख र आँखामा चोट लागेको छ । उनीहरुले आक्रमण गरेर हिडेपछि रगत बगाउँदै उनी चिकित्शककहाँ पुगेका थिए । 

सुमन थाले दिएको जानकारि अनुसार हमलाकारीहरु निलो टोयोटा कारमा आएका थिए । ति तिन चार जनाको समूहमा थिए । ति मध्ये केहि ओर्लिएर उनीमाथि आक्रमण शुरु गरेका थिए । हमलाकारीहरुले एक्कासि आक्रमण गरेकाले उनले सबैलाई रम्रोसित नियाल्न त भ्याएनन् । तर यस्सो हेर्दा ति नेपाली नभएर बाहिरी मुलुकका नागरिक थिए । उनलाई कूटपिट गरेर आक्रमणकारिहरु हिँडिसकेपछि त्रिलोचन सापकोटाले गाडी भित्रको ब्यक्तिलाई नियाल्दा उसले निर्देशन दिएको जस्तो देखिएको थियो ।

यो घटनाले डेनमार्कका नेपालीहरु ज्यादै त्रसित छन् । ‘कहाँ कतिखेर को पो सुरक्षित रह्यो र?’ भन्ने मानसिक त्रास यसले फैलाएको छ’ थापाले भने । झन एन आर एन डेनमार्ककै उम्मेदवारमाथि आक्रमण भएकोलेपनि एन आर एनमा लाग्नेहरुले बढि त्रासको अनुभव गरेका छन् ।

घटना भए लगत्तै यसबारे प्रहरीमा जानकारि गराइसकिएको छ । प्रहरीले यसमा जाँचबुझ गरेर  उपयुक्त कदमा चाल्ने अश्वाशन दिएको छ । यस घट्नाको जानकारि उनीहरुले तत्कालै अन्य नेपाली संघसंस्था र एन आर एन डेनमार्कका अध्यक्ष मोहन मिश्रलाईपनि दिएका छन् । घाइते सापकोटा पक्षले भने यो हमलामा कतै प्रतिद्वन्दी र आफुसित काम गर्ने कसैको रिसिबीले काम गरेको छ कि भनेर मूल्यांकन गरिरहेका छन् । तर हालसम्म सापकोटाले कसैमाथि त्यस्तो आक्रमणनै गर्ने र बैमनश्यता साँघ्ने काम नगरेको अनुभव गरेका छन् ।

स्रोतका अनुसार त्रिलोचन सापकोटा एन आर एन डेनमार्कको अध्यक्ष पदका उम्मेदवार मध्ये अलि बढि लोकप्रिय देखिएका छन् ।

त्रिलोचन सापकोटा यस अघि नेपाली कांग्रेसको भात्रि संगठन जनसंपर्क समिति डेनमार्कका अध्यक्ष थिए । यस पटक त्यहाँ नेकपा एमाले, एकिक्रित नेकपा माओवादी र अन्य स्वतन्त्र गरेर करिब छ जनाले अध्यक्ष पदमा उम्मेदवारि दिएको डेनमार्कको अर्को एक स्रोतले नेपालप्लसलाई जानकारि दियो । एन आर एन डेनमार्कको अध्यक्ष पदमा त्रिलोचन सापकोटा  सहित अन्य स्वतन्त्र गरेर छ जना छन् । एन आर एन डेनमार्कको सदस्यता दर्ता प्रक्रिया २४ अगस्टको निर्वाचनलाई ध्यानमा राखेर हिजोदेखि सकियो ।

तपाइँको प्रतिक्रिया