लौ पढ्नुस् महामहिम भट्टको अनियमितता र भ्रस्टाचारको रामकहानी

photo (1)

यतिखेर डेनमार्कको कोपनह्यागनस्थित नेपाली राजदूत मुक्तिनाथ भट्टको निकै चर्चा छ । उनले यो चर्चा नेपालीलाई सेवा गरेर होइन । र होइन, नेपालको पर्यटन, आर्थिक व्रिद्दी र विकासको काममा अशल काम गरेर कमाएकोपनि । बरु, काम गरिरहेका कर्मचारीलाई बिना कारण पदबाट निकाल्ने । दूतावासको रिक्त पदमा आफ्नै छोरालाई नियुक्त गर्ने । अमेरिका निवासी छोरीलाई डेनमार्कको नेपाली दुतावासमा नियुक्ति दिने र तलब भने दुतावासका नाममा खुवाउँदै बदनामी कमाएर चर्चामा आएका हुन् । उनका यि भ्रस्ट र नितिहिन कामका बिरुद्द कोपन्ह्यागनका नेपालीहरु आन्दोलित छन् । राजदूत भट्टका बिरुद्द त्यहाँका नेपालीले नारा जुलुस गरेका छन् । मर्कामा परेका कर्मचारिले आफूलाई बिनाकारण निष्काशन गरेको भन्दै ज्ञापनपत्रनै दिएका छन् । केहि समयदेखि त्यसको सूचना लुकाउन खोजेपनि नेपालप्लसले ज्ञापनपत्रनै फेला पारेको छ ।

नेपाली दुतावास कोपनह्यागनमा केहि समय अघि स्थानिय पदमा कार्यरत थिए, प्रकाश सुबेदी । उनको कार्यकाल समाप्त भएर नेपाल फर्किए ।  सुबेदी नेपाल फर्किएकै भोली पल्ट उनले परराष्ट् मन्त्रालयमा फोन गरि आफ्ना निकटकासित टाकटुक मिलाएर छोरा भट्टको नियुक्ति त गरे । तर डेनमार्कका नेपालीबिच यो खबर एक्कासि फैलियो । उनीहरुले रुचाएनन् । त्यसक बिरुद्द नेपाली कांग्रेस, एमाले र एकिक्रित नेकपा माओवादी लगायतका राजनितिक दल र केहि संघ संस्थाका अग्रजहरु जुलुसै लिएर दुतावास गए । उनीहरुले स्थानिय कर्मचारी नियुक्ति गर्नु पर्नेमा आफ्नै छोरा नियुक्ति गरेकोमा तिब्र बिरोध जनाए । त्यो निर्णय फिर्ता लिन आग्रहपनि गरे । उनीहरुले लिखित बिरोधपत्र दिए । त्यसको बोदार्थ परराष्ट्र मन्त्रालय र केहि रजनितिक दलहरुलाईपनि दिए । डेनमार्कवासी नेपालीको तिब्र बिरोध खेप्न नसकेपछि राजदूत भट्टले आफ्ना छोराको नियुक्ति बदर त गरे । तर उनले अर्को नाटक रचे ।

photo

दुतावासमा अर्को नाटक

दुतावासमा यमुना डंगोल महर्जनलाई मेसेन्जरका रुपमा २८ जनावरि २०१३ देखि नियुक्त गरिएको थियो । उनलाई नियुक्त गर्दा दुतावासको नियम अनुसारनै अन्तर्वार्ता लिएर गरिएको थियो । उनी नेपाली दुतावास कोपनह्यागनमा नियुक्त हुनु पहिले डेनमार्कको डेनमार्क कम्युन भन्ने संस्थामा फूल टाईम कार्यरत थिईन । उनले आफ्नो दुतावासमा काम गर्न पाए नेपाल र नेपालीको सेवापनि गर्न पाइने भन्दै उक्त पदबाट राजिनामा दिएर दुतावासमा काम थालिन ।

शुरुमा उनलाई छ महिनाको करारनामा दिईएको थियो । तर त्यसलाई बढाउँदै लैजाने सहमतीपनि थियो । त्यसकालागि उनको भिसाका लागि दूतावासलेनै पहल गर्ने भन्ने सहमती पनि गरिएको थियो ।

उहि तलबमा दोहोरो काम

त्यति मात्रै हो र ? मेसेन्जरका रुपमा नियुक्त गरिएकि उनलाई दुतावासको सेक्रेटरीका रुपमापनि जिम्मेवारी दिईयो । उनले त्यो काम कुनै अतिरिक्त तलब नलिइकनै गरिन् । उनको करार मिति जुन २७ सम्म थियो । तर उनलाई करार थप्ने वा नथप्नेबारे कुनै निर्णय दिईएन । करार सकिएको १५, १६ दिनसम्मपनि अल्मल्याएर राखियो । तर उनलाई दिईएको नियुक्तिमा यदि सेवाबाट हटाउने हो भने एक महिना अगाडिनै जानकारि दिनुपर्ने भन्ने उल्लेख छ । तर उनलाई राजदूत मुक्तिनाथ भट्टले एक्कसि ‘काममा नआउनुस्’ भन्ने मौखिक जानकारि दिएपछि आफू आश्चर्यमा परेको परराष्ट्र मन्त्रालय र त्यहाँका बिभिन्न संस्थासमेतलाई बोदार्थसहित डेनमार्कस्थित नेपाली दुतावासमा उनले दिएको उजुरीपत्रमा उल्लेख छ । केहि समयदेखि अन्यौलमा राखेर राजदूत भट्टले उनको ठाउँमा अर्को ब्यक्ति नियुत गर्न लागेपछि मेसेन्जर डंगोल थप आचर्यमा परेकि थिईन् । राजदूत भट्टले उनलाई निश्काशन गरेर त्यहिँ अध्ययनरत एक नेपाली बिध्यार्थीलाई कार्यालय र घरको सरसफाईसमेत गर्ने शर्तमा नियुक्ति दिन लागेको दुतावासनिकट स्रोतले उल्लेख गर्‍यो ।

किन निकालियो डंगोललाई ?

राजदूत भट्टले डंगोललाई मौखिक रुपमा उनको निवासमा गएर घरायसी काम गर्न लगाएका थिए । उनको निवासको सफा सुघ्घर राख्ने । भाँडा कुँडा माझ्ने । तर ति कुरा करारनामामा उलेख नभएकाले र पद अनुसार उनको त्यो काम नभएकाले यमुन डंगोलले अस्विकार गरिन् । अनि एउटा पदमा बसेर तिन वटा पदको काम गर्न अस्विकार गरेपछि यमुना डंगोललाई नियमबिरुद्द भट्टले निष्काशन गरेका हुन् । एउटै मान्छेलाई सबै काम लगाउने र बाँकि पदमा आफ्ना छोराछोरी, पत्नीलाई नियुक्त गरेर तलब भने आफुले लिनकोलागि उनले यो योजना बनाएका हुन् ।

तर घरायशी कामकालागि आफ्नै छोरी

यता मेसेन्जर पदमा यमुना डंगोललाई नियुक्त गरियो । तर उता घरको काम गर्न भनेर अर्दलीमा राजदूत मुक्तिनाथ भट्टले आफ्नै छोरी मिना कुमारी भट्ट लाई नियुक्त गरेका थिए । घरको काम गर्ने भनेर उनको छोरीको नाममा दुतावासले तलब दिँदै आएको थियो । तर उनको दाउ के भने आफ्नी छोरीलाई अमेरिकामा बसि बसि तलब भराउने । आफ्नी पत्नीलाईपनि नेपालसरकारका तर्फबाट भत्ता थापि राख्ने । र घरायशी काममा भने यमुना डंगोललाई दलाएर तलब लिने । नेपाल सरकारको रकम लुट्ने । यमुनाले उजुरी पत्रमा राजदूतलाई हाकै प्रश्न गरेकि छन् ‘राजदूत निवासमा घरायशी कामको लागि भनेर तपाईको छोरीले तलब लिने भएपछि मैले त्यहाँ गएर किन काम गर्ने ?’

यस अघि दूतावासको सेक्रेटरी पदमा कार्यरत थिईन मुनिरा शेरचन । उनलाईपनि राजदूत भट्टले निकाला गरेका थिए । त्यसका बारेमापनि युरोपका पत्रकार र अन्य संघ संस्थालाई सबै सार्वजनिक गरिदिने भन्दै उजुरीपत्रमा यमुना डंगोलले उल्लेख गरेकि छन् । ‘राजदूत जस्तो गरिमामय पदमा बसेर देशको ईज्जत बढाउने, देशको सेवा हुने काम गर्नुको साटो कहिले श्रीमती, कहिले छोरी, कहिले छोरालाई नियुक्त गर्ने र मलाई गैह्र कानुनी तरिकाले निकाल्नुको कारण जान्न चाहन्छु । र मलाई त्यसो गरेबापत क्षतीपूर्ती र पूनर्बहालीको माग गर्दछु’ डंगोलले माग गरेकि छन् ।

राजदूत बिरुद्द डेनमार्कवासी

embassador-muktinath-bhatta-राजदूत मुक्तिनाथ भट्टले यस्ता गैह्र कानुनी कामहरु एक पछि अर्को गर्दै गएपछि त्यहाँका नेपालीहरु बिस्तारै सामाजिक सञ्जाल र सिधा राजदूतलाई फोन सम्पर्क गरेरै बिरोधमा उत्रिन थालेका छन् । डेनमार्क निवासी सुमन थापाले राजदूतका गलत कामको बिरोध गर्न भन्दै सामाजिक सञ्जालबाटै त्यहाँका नेपाली समक्ष आग्रह गरेका छन् । चार महिनादेखि अमेरिका बस्दै आएकि आफ्नी चोरीलाई दुतावासको अर्दलीका रुपमा नियुक्त गरेर डेनमार्क स्थित दुतावासबाट तलब भर्दै आएपनि उनकी छोरी कहिले फर्किन्छिन् भन्नेमा राजदूतनै जानकार नरहेको र आफुले यस्तो विषयमा राजदूतसित कुरा समेत गरेको सुमन थापाले उल्लेख गरेका छन् । “यदि हामीले तिरेको कर तपाईहरु सहि तरिकाले प्रयोग हुनुपर्छ भन्ने सोच्नुहुन्छ भने यसका बिरुद्द उभियौं ” थापाले आव्हान गरेका छन् ।

उनैको फेसबुकमा सहमती जनाउँदै डेनमार्क निवासी सिमा श्रेष्ठले भनेकि छन् “यस्तो शक्तिको दुरुपयोगका बिरुद्द हामी सामूहिक रुपमा एक भएर लाग्नुपर्छ ।” डेनमार्ककै देवी लामिछानेले भने राजदूत शक्तिशाली परेकाले केहि गर्न नसक्ने बिचार ब्यक्त गरेका छन् । ‘राजदूत शक्तिशाली परे, केहि लाग्दैन’ उनले भनेका छन् ।

झण्डा उपहार दिन आव्हान

नेपाली राजदूतको तलब मासिक करिब चार लाख र दूतावासको खर्च पचास लाख भएपनि राजदूतासको बाहिर फहराउने झण्डा भने च्यातिँदापनि नफेरेको भन्दै रोष प्रकट गरिएको छ । सुमन थापाले उल्लेख गरेका छन् “राजदूत मासिक करिब चार लाख रुपियाँ तलब खान्छन् । दुतावासको खर्च करिब ५० लाख छ । नेपाली झण्डा किन्न पाँच सय रिपियाँ लाग्ला । त्यतिपनि फेर्न सक्दैनन् भने हाम्रो सोसाईटीको तर्फबाट एउटा झण्डा नेपाली दूतावासलाई किनिदिउँ ।”

(यस्ता अनियमितता, मनपरि तन्त्र, लूट, भ्रस्टाचार, ठगी, नेपालीलाई दिइएका सास्ति लगायतका अन्याय अत्याचारका रिपोर्ट, खबर नेपालप्लसलाई खुसुक्क दिनुहोला । तपाईको नाम, ठेगाना गोप्य राख्न मन लागे त्यो सुरक्षित राख्ने छु । तर त्यस्तो सूचना सत्य र सहि हुनुपर्ने छ । तपाईको सम्पर्क गर्ने माध्यम दिनुस् वा नेपालप्लसको यो जिमेल [email protected] मार्फत सम्पर्क गर्नुस् । तपाईको परिचय गोप्य राखिने छ । यस्ता खबर तपाईले नदिए कसरि बदमासि गर्नेहरुलाई तह लगाउने, नांगेझार पार्ने ? कसरि गलत कामहरुलाई दुरुत्साहित पार्ने ? त्यसैले तपाई आफूपनि सचेत बन्नुस् । पाएका जानकारि नेपालप्लसलाई पठाउनुस्, बहादुरिकासाथ प्रकाशित गरिने छ – नेपालप्लस डट कम )

तपाइँको प्रतिक्रिया