कहिले बन्ने शुन्दर शान्त नेपाल

-दिलिप योन्जन

 

अस्टिन, अमेरिका 

 

गाँउ सहर डाँडा पाखा बरै रगतको गन्ध

 

देशै जलाइ तराई पाहाड कति गर्छौ बन्द

 

 

सबै मिली देश बनाउँ छैन कसैलाइ पिर

 

पालै पालो बम पडकाई देशकै छाती चिर

 

 

दाजु भाई दिदी बहिनी सबै भए दुस्मन

 

जनता मारी नेता बन्नेले गरे देशमा शासन

 

 

शहिदको छोरा छोरीलाई कसले दिने गाँस बास

 

लडेका छन तछाड मछाड बनाई देशलाई बरबाद

 

 

कहिले हाँस्ने नेपाली नेपाली तोडी सबै जन्जाल

 

कहिले बन्ने मेरो देश शुन्दर शान्त नेपाल

 

तपाइँको प्रतिक्रिया