रक्षामन्त्री र सेनापतीबिच भाले भिडन्त

रक्षामन्त्रीको निर्णय ठिक कि सेनापतीको ?

 

katuwalbadal.jpgकहिले सासूको पालो त कहिले बुहारीको पालो” । यहि भनाई ठ्याक्कै लागू भएको छ रक्षामन्त्री रामबहादुर थापा बादल र सैन्यप्रमुख रुक्मांगत कटुवालबिच अहिले। यो जुहारी तन्किँदै जाँदा नेपाली कांग्रेस-एमाले-माओवादी-मधेशी जनअधिकार फोरमबिचपनि बिबाद उत्पन्न हुँदै गएको छ । प्रतिपक्षी दल कांग्रेससित मात्रै नभएर सत्ता साझेदार दलबिचपनि तिब्र मतभेद उत्पन्न हुँदै छ ।

 

डेढ महिना अघिनै जंघी अड्डाले आफ्ना आठ जना जर्नेलहरुको सकिएको सेवा अवधि थप्न रक्षा मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाएपनि रक्षाले आनाकानी गर्दै त्यत्तिकै झुलाएको रहेछ । जंगी अड्डा न हो, पहिलेदेखिनै सरकारलाई पेल्दै आएकोले यो निर्णयपनि पेलेरै लगिन्छ वा सरकार डराईहाल्छ भन्ने सोचेको थियो । तर रक्षामन्त्री रामबहदुर थापा “बादल” ले पनि टेर पुच्छर लगाएनन् । अन्त्यमा तिनको सेवा अवधि थपिदिएनन् र ति अवकाश प्राप्त भए । अन्तिम अवधीसम्म थपिहाल्छन् नी भन्दै सैन्य प्रमुख कटुवाल बसे तर उनको अनुमानलाई रक्षामन्त्री बादलले धोती लगाइदिए ।

 

जानकारहरु के भन्छन् भने अनमिन र शान्ति संझौताको मर्म बिपरित खाली पदमा भरुवा गरेको भन्दै करिब तिन हजार सैनिक जबर्जस्ती गरेर माओवादीसँग सिंगौरी खेल्न खोजेकाले ति आठ जना जर्नेललाई अवकाश हुन दिएर रक्षा मन्त्रीले बदला लिएका हुन् कटुवालसित । किनकि ति आठै जना जर्नेलहरु सैन्यप्रमुख कटुवाल निकटका हुन् । बादलले कटुवाललाई बदला लिएका मात्रै होइनन् कि रक्षा मन्त्रालयसित जोरीखोजे त्यसको परिणाम के हुन्छ भन्ने पाठपनि दिन खोजेका हुन् सेनापतीलाई । भलै भन्न त रक्षामन्त्रीले सेवा अवधि सकिइसकेकाले नियमित र सामान्य प्रक्रिया अनुरुप अवधि नथपेको भन्ने जवाफ दिएका छन् नै ।

 

वास्तबिकता के हो भने हिजो कटुवालले तिन हजार सैनिक थप्दापनि उनी चुकेका थिए। किनभने उनको त्यो निर्णयलाई सतारुढ दल र अनमिनले समेत शान्ति संझौता बिरुद्द भनेको थियो । उता माओवादीले भने रिक्त पदमा पूर्ती गरेको भन्दै जनसेना भर्ती गर्ने निर्णयलाई सर्बोच्चको आदेशपछि रोकेको थियो । अहिले पनि कानुनी हिसाबले रक्षा मन्त्री थापा चुकेका छैनन् । किनभने चार वर्ष जर्नेलको पदमा बसेका तिनलाई थप तिन वर्ष थप्नै पर्छ भन्ने सैनिक ऐनमा उल्लेख छैन । यदि सरकारलाई आवश्यक परेको खण्डमा मात्रै पुराना र अनुभवीबाटै काम चलाउँ न त भनेर सरकारले म्याद थप्न सक्ने हो । त्यसैले रक्षामन्त्रि कानुनी रुपमा कहि चुकेका छैनन् ।  एकैपटक आठ जना जर्नेलहरुलाई अवकाश दिएपछि सैन्य प्रमुख कटुवलालाई दैनिक तथा प्रशासनिक काम कारवाहीमा अप्ठेरो हुन सक्छ भन्ने अनुमान माओवादीको हुनुपर्छ । किनभने ति आठ पदमा अब जाने नयाँ जर्नेहरु पक्कैपनि सबै कटुवला निकटका हुने छैनन् ।

 

कानुनी रुपमा कतै नचुकेकाले रक्षामन्त्री र सिंगो माओवादी पार्टी त्यो निर्णयमा टसको मस देखिँदैन । उता सैन्य प्रमुख कटुवालले भने यसलाई जिवनमरणकै रुपमा अर्थात फेरिपनि रक्षामन्त्रीसँग टक्करकै रुपमा हेरेको देखिन्छ । जसले गर्दा उनी माओवादी इतरका पार्टी कार्यालयदेखि बिभिन्न दलका नेता र शक्तिशाली बिदेशी मूलुकका ढोका चहार्दै आठ जर्नेललाई पूनर्बहाली गर्न बिन्ति माग्दै हिँडेका छन् । यसले गर्दा अब सत्ताको नेत्रित्वकर्ता माओवादी र सैनिक अधिकारीहरुसित झन मतभेद उत्पन्न हुने त स्पष्ठ छ नै । सत्ता साझेदार र प्रतिपक्षीदल सँगको दूरीपनि बढाउने छ । सुरक्षा निकाय र सरकार चलाउने मुख्य दलबिचनै देखा परेको यो चर्को बिबाद ले पक्कै गतिलो परिणाम भने दिँदैन ।

 

तपाईहरुको बिचारमा थप अवधि नथपेर रक्षामन्त्रीले ठिक गरे कि थप्नै पर्छ भनेर कटुवालले ठिक भनेका छन् ?

तपाइँको प्रतिक्रिया