पेरिसमा फूटबल : हारेपनि जितेपनि डाङडुङ
यतिखेर फ्रान्सको मात्रै होइन सम्पूर्ण युरोपको ध्यान फ्रान्सतिर तानिएको छ । सोमबार साँझ पेरिसमा भएको पेरिस च्याम्पियन म्याचमा फ्रान्सको प्रसिद्द टोली पारी सँ जेर्माँले खेल जितेर फ्रान्स च्याम्पिएन भएपछि त्यसको खुशियाली मनाउन उत्रेका समर्थकहरुले तोडफोड गरेपछि फ्रान्सको बेईज्जत भएको छ । बेलायतका प्रसिद्द खेलाडी, पूर्व क्याप्टेन डेभिड बेकम सहित खुशियाली मनाईरहेका बेला लाखौं लाख समर्थकहरुले तोडफोड गरेका थिए । उनीहरुले सयौं गाडी फोरेका छन् । लुइ भेतों जस्ता प्रसिद्द मार्कका पसल फोडेका छन् । गाडीहरु उत्तिकै तोडफोड र आगो लगाइएको छ । आइफल टावरकै अगाडि जहाँ सयौं देशका हजारौं पर्यटकहरु झुम्मिन्छन्, त्यहि ठाउँमा यस्तो तोडफोड र आगजनी गरेका छन् । फ्रान्सको करोडौं पर्ने सम्पत्ती नाश गरेका छन् । यो घटनामा परेर करिब तिन दर्जन घाईते भएका छन् । हुलदंगामा संलग्न भएको भन्दै चालिस जनाजति पक्राउ परेका छन् । केहि प्रहरी अधिकारीहरुलाईपनि ढुंगा मुढा हानेर घाइते बनाएका छन् । (यो घटनाको तस्विरहरु हेर्न भित्र जानुहोला) ।
अस्ति साँझ त्यो शान्त ठाउँ पुरै युद्द मैदान जस्तै भएको थियो । सयौं भागाभाग गरेका थिए । प्रहरीले हुल्लडबाजहरुलाई नियन्त्रणमा लिन सयौं गोला टियर ग्याँस हानेको थियो । यो घटनामा पेरिसको काँठमा बसोबास गर्ने बेरोजगार युवा, हुल्लडबाज, गुण्डा र क्लबको बदनाम गर्ने, चोर, डाँका फटाहारुको घुसपैठ भएको बताएका छन् ।
सुरक्षाकर्मीहरुको संख्या आक्रमणकारिको तुम्लनामा कम भएपछि प्रहरीले नियन्त्रणमा लिन नसक्दा धेरै क्षती भएको छ । स्थानिय मनिसहरुले असुरक्षित महसुस गरेका थिए । विश्वकै सबै भन्दा महँगो सडक भनिने सँजलिजे पुरै धुवाँको मुस्लो र टियर ग्याँसले कुइरिमण्डल भएको थियो ।
यो घटनाले विश्वभरि फ्रान्सको बेइज्जत भएको भन्दै स्थानिय जनता र बिपक्षी पार्टीहरु क्रुद्द बनेका छन् । बिपक्षीहरुले सरकार सन्चालन दल समाजवादी पार्टीको असक्षमता भन्दै आलोचना गरेका छन् ।
लाखौं करोडौंको क्षती भएको यो घटनाको जिम्मेवार पारी सँ जेर्मा क्लब हुनुपर्छ भन्दै ग्रिह मन्त्रीले आरोप लगाएका छन् । तर क्लबका निर्देशकले भने यस घटनाको आफुले थोरै जिम्मेवारी लिने तर सबै लिन नसक्ने भन्दै समयमै उचित सुरक्षा दिन नसकेकोमा भनेर ग्रिह मन्त्रीकै आलोचना गरेका छन् । तर ग्रिह मन्त्रीले भने सुरक्षाकर्मीहरु उचित संख्यामा परिचालन गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । उता पेरिस नगरपालिका प्रमुख बेर्ताँ दलानोयलले आफूले कसैलाई आरोप नलगाउने तर दोषीहरुलाई कारवाही गर्ने र अब कडा कानुन ल्याउने बताएका छन् ।
पारी सँ जर्मा भन्ने यो क्लब विश्वकै धनी क्लब मध्ये एक हो । यसका टोलीहरुको छबी प्राय डाङडुङ नै हुने गरेको छ । कुनै खेल हुँदा यसका समर्थकहरु जिते खुशिले डाङडुङ र झैझगडा गर्छन् । हारेपनि तानबले आक्रोशित बनेर त्यसै गर्छन् । आफ्नो क्षेत्र छोडेर अन्यत्र जाँदापनि यसका समर्थकहरुले झगडा गरेका हुन्छन् । तोडफोडमा उत्रिन्छन् । करिब १९ वर्षको ईतिहाँसमा फ्रान्स च्याम्पियन बनेपछि त्यहि खुशियालीमा सोमबार यसका समर्थकले यस्तो तोडफोड गरेका थिए । यो घटनाका बारेमा कसरि अगाडि बढ्ने भनेर हिजो मंगलबार ग्रिहमन्त्रीसहित केहि मन्त्रीको बैठक बसेको थियो । यो घटानले फ्रान्सेलीहरुको विश्वका सामु शिर नुघेको भन्दै फ्रान्सेलीहरु दुखि बनेका छन् । सरकारलाई खेलमा हुने यस्ता घटना नियन्त्रण गर्न कडा निति बनाउनुपर्ने माग तिब्र रुपमा उठेको छ ।




















