‘यो जित कसको ? फ्रान्सका नेपालीको’
हिजो नेपाली एकता समाज फ्रान्सले नेपाली-नेपालीहरुबिच फूट्बल प्रतियोगिता राखेको थियो हिजो आइतवार । छ टोलीले भाग लिए । खेलको शुरुमै एन आर एन फ्रान्सको टोली हारेर बाहिरियो । त्यसपछि अन्य टोलीबिच भिडन्त भयो । खेल्दै जाँदा तमु समाज फ्रान्सको बी टोली बाहिरियो ।
अनि फाइनल खेलका लागि गोला थुतियो । अर्थात तिन टोलीका बिचमा गोला थुत्ने । एक नंबर जसको पर्छ उ सिधै फाईनलमा खेल्न पाउने । गोला थुत्दा सिभिललाई पर्यो त्यो भाग्यमानी गोला । फाइनलमा तमु समाज फ्रान्सको को ए टोली र नेपाली एकता समाजले भिडन्त गरे । शुरुमै तमु समाज फ्रान्सले लगातार दुई गोल हान्यो । धेरैले सोचे, यो पटक तमु समाजले जित्ने भो । तर खेलको मध्यान्तर पछि त नेपाली एकता समाजले तिन गोल हानिदियो । दर्शक र टोली दुबै अचम्ममा परे ।
तमु समाज र नेपाली एकता समाज दुबैका खेलाडी तगडा थिए । खेल साह्रै रोचक र प्रतिस्पर्धी थियो । तर आफूले दुई गोला हानिसकेपछि अलि रक्षात्मक खेल्नु पर्नेमा तमु समाजले त्यो गरेन । आक्रामक खेललाईनै निरन्तरता दिँदा एकता समाजलाई गोल हान्ने मौका दियो । उसले रक्षात्मक खेल खेलेको भए नेपाली एकता समाजले एक गोल कुनै तरिकाले हानेपनि एक गोलले उसको जित निश्चित हुन्थ्यो । तर उनीहरुले त्यो अक्किल निकाल्न सकेनन् ।
खेलको अन्तिमतिर एक गोल हानेपछि एकता समाजका खेलाडीले तमु समाजका खेलाडीलाई निराश बनाएर जिते । खेल तमु समाजको साह्रै प्रशंसनिय थियो नै, एकता समाजको पनि त्यसैसित टक्कार दिने थियो । खेल अवधिभर दर्शकहरुले साह्रै मनोरन्जन लिए ।
त्यसपछि शिभिल नेपाली एकता समाजका खेलाडी बिच भिडन्त भयो । यो दुबै टोलीबिचपनि भिडन्त चर्को भयो । मध्यान्तर हुन्जेलसम्म दुबै टोली शुन्यमै थिए ।
तर मध्यान्तरको अन्तिमतिर आइपुग्दा नेपाली एकता समाजले एक गोल गरेर प्रथम बन्यो । अघिल्ला दुई वर्ष लगातार प्रथम बनेको र खेलाडीपनि तगडा भएकाले यस वर्षपनि शिभिललेनै जित्छ भन्ने अनुमान धेरैको थियो । तर त्यो कायम गर्न सकेनन् । तैपनि यि दुई टोलीबिचपनि साध्यै प्रतिस्पर्धा भयो, खेल रोमान्चक बन्यो ।
रनिङ शिल भनिएको यो खेलको ट्रफी यस पटक शिभिलले पच बनाउने मौका थियो । किनकि अघिल्ला दुई वर्ष शिभिलले जितिसकेको थियो । यो पटकपनि जितेको भए यो ट्रफी उसले पच बनाउँथ्यो । तर एकता समाजले जितेकाले अब यो ट्रफी फेरी सुरक्षित बन्यो । अर्थात अब फेरी कुनै टोलीले तिन पटक जित्नु पर्छ यो ट्रफी पच बनाउन ।
मौसम अलि चिसो भएकाले यो वर्ष झैं दर्शक अलि भएनन् । तर खेल ज्यादै परिस्क्रित भैसकेको अनुभव भयो । सर्वाधिक गोल कर्ताको पुरस्कार हात पारे नेपाली एकता समाजका रमेश गुरुङले । उनले तिन गोल गरेका थिए ।
सबै भन्दा धेरै गोल गर्ने खेलाडीमा पुरस्कार पाए, नेपाली एकता समाजका खड्का छन्त्यालले । उनले तिन गोल गरेका थिए । राम्रो खेल्ने खेलाडी भए तमु समाज फ्रान्सका रमेश गुरुङ । माहुरी झैं दगुर्ने, झेलझाल र धकेलधाकल नगर्ने । फुच्चे । असाध्यै छरिता यिनको खेल ज्यादै प्रशंसनिय थियो । धेरैले घोषणा पूर्वनै अनुमान गरेका थिए, सबैभन्दा तगडा खेलाडी यिनै घोषित हुने छन् भन्ने ।
अन्तिममा सबै खेलाडीलाई पुरस्कार बाँडेर खेल सकियो । रातै परिसकेको थियो यो सक्किँदा । यो पटक तिब्बती रेफ्री थिए । रेफ्रीको असाध्यै प्रशंसा गरे सबैले । साँच्चै यि रेफ्री औधी तगडानै रहेछन् ।
खेलामा केहि खेलाडी घाइते बने । कोहि ढले । कोहि बदलिए घाईते बनेर । तमु समाजका त पाँच उत्क्रिस्ठ खेलाडी घाईते भएरपनि दखल परेको बताउँदै थिए ।
नेपालीहरुको सबैभन्दा ठूलो कमजोरी जाँड भनेपछि ज्यान फाल्ने । अलि बढि नै जाँड खाएर हल्ला गर्दै थिए । तर बुझक्किहरु धेरै भएकाले सबैले त्यसलाई नियन्त्रणमा राखे । वेस्ट प्लेयरले पुरस्कार लिन जाँदा बियरको क्यानले हान्न खोजेछ कसैले। त्यसले परिस्थिति केहिबेर अशान्त बन्यो । तर त्यसलाई सबैले समझदारीमा शान्त पारे । अर्को पटक देखि यस्ता खेलमा रक्सिजन्य पेय पदार्थ पूर्ण निषेश गर्नुपर्छ भन्नेमा धेरैको राय रह्यो । खेल समग्रमा राम्रो भयो ।
(हिजोको खेलका बाँकि तस्विरहरु नेपाल प्लस डटकको फेसबुकमा गएर हेर्न वा लिन सक्नुहुन्छ । पुरस्कार बितरणको बेला सम्म पुग्दा मेरो क्यामराको ब्याट्री सक्किएकाले धेरै तस्विर लिन सकिन । त्यसकालागि क्षमा चाहन्छु । तपाईहरुले खिचेका तस्विर छन् भने लोड गरिदिन सक्नुहुन्छ नेपालप्लसकै फेसबुकमा)





















