अमेरिकामा संघीय लिम्बुवान समाज अमेरिकाको विधिवत गठन

– राम सोदेम्बा लिम्बू / न्युयोर्क

Executive Committee of Federal Limbuwan Society America

अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन्हाईट्समा ७ अप्रिल २००७ (चैत्र २५) का दिन म चोङ्बाङ लिम्बूको अध्यक्षतामा २७ सदस्ययीय संघीय लिम्बुवान समाज अमेरिकाको कार्य समिति घोषणा भएको छ । नव घोषित संघीय लिम्बुवान समाज, अमेरिकाको कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरू केशर लिम्बू,दिपेश लिम्बू (खाम्बेक) र बीरेन्द्रहाङ लाबुङ लिम्बू (न्यू योर्क), रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुहाङ (टिनेस्सी), पूर्ण लिम्बू (कनेक्टिकट), शेरसिंह लिम्बू (डिसी) तथा दिल सेनेहाङ (टेक्सास) रहेका छन् ।

समितिका महासचिवमा राम सोदेम्बा लिम्बू रहनुभएको छ भने सचिवहरूमा योगेश लिङ्देन (न्यू योर्क), राम यक्सो (टेक्सास) र तेज सुब्बा फोम्बो (क्यालिफोर्नीया) रहेकाछन् । समाजको सचिवालय सचिवमा देशहाङ लिम्बू (न्यू योर्क) चुनिनु भएको छ | यसैगरी, समाजका कोषाध्यक्षमा राजकुमार पङयाङ्गु लिम्बू र सह-कोषाध्यक्षमा सन्तोष लिम्बू निङ्लेखु चयन हुनुभएको छ ।

संघीय लिम्बुवान समाज अमेरिकाका सदस्यहरुमा टेक्सास राज्यबाट- के।बी। थुप्पुको थेबे, आशिष लिङ्देन, ताराबहादुर लिम्बू, प्रेम फागो लिम्बू, देव लिम्बू (टिनेस्सी), डा। भरत लिम्बू ईवाहाङ् (नर्थ क्यारोलिना) चुनिनु भएको छ । यसैगरी,न्यू योर्क राज्यबाट टंकबहादुर मगर, बिनय सोदेम्बा र चेतन सुब्बा चोङ्बाङ चुनिएका छन् ।

संघीय लिम्बुवान समाज अमेरिका तदर्थ समितिका अध्यक्ष नगेन्द्र ईङ्नाम ‘सेरि:त’को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष रहेका बिनोद पोमु लिम्बू मुख्य अतिथि रहनुभएको थियो । मगर संघ अमेरिकाका महासचिव मानबहादुर राना मगर कार्यक्रमका विशेष अतिथी रहेका थिए।

“लिम्बुवानमा मानव अधिकारको संरक्षण, एक निर्वाचन क्षेत्र: एक संघीयवादी उम्मेदवार मित्र” भन्ने मूल नारा पारित भएको यस कार्य समितिको घोषणा कार्यक्रमलाई सुभाष लामा, केशबराम राई, लुइसाङ् वाइबा तमाङ, देवेन्द्र सम्बाहाम्फे, मनु लोहोरुङ, मणि वाङ्देल राई, प्रदीप थापा मगर, नगेन्द्र ईङ्नाम, बिनोद पोमु लिम्बू र मानबहादुर राना मगरले शुभकामना सम्बोधन गर्नुभएको  थियो ।

संघीय लिम्बुवान समाज अमेरिकाको उक्त घोषणा कार्यक्रमलाई तदर्थ समितिका महासचिव दिपेश लिम्बू (खाम्बेक) ले सञ्चालन गरेका थिए भने तदर्थ समितिकै सचिव युगेश लिङ्देनले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो ।

तदर्थ समितिका अध्यक्ष ईङनामले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली घोषणा गरी सार्वजनिक गरेपछि जिम्मेवारी हस्तान्तरण गरेर नयाँ कार्यसमितिको सफलताको लागि शुभकामना दिनुहुँदै कार्यक्रमको समापन भएको थियो ।

स्मरणरहोस, गत फेब्रुअरी २२ का दिन न्यूयोर्कमै नगेन्द्र ईङ्नाम “से:रित” को प्रमुख संयोजकत्वमा बनेको १७ सदस्यीय ‘लिम्बुवान समाज अमेरिका’ को संयोजन अर्थात् तदर्थ समिति गठन गरिएको थियो । तदर्थ समितिका सह-संयोजकहरुमा केशर लिम्बू (न्यू योर्क), रोशन लिबाङ (क्यालिफोर्निया), महेश लिम्बू (म्यासाचुसेट्स), सुमन सुहाङ (टिनेस्सी) र पूर्ण लिम्बू (कनेक्टिकट) रहनुभएको थियो ।

त्यसैगरी, संयोजन समितिको महासचिवमा दिपेश चबेगु “खाम्बेक”,सचिवमा योगेश लिङ्देन र कोशाध्यक्षमा बिरेन्द्रहाङ लाबुङ लिम्बू रहनुभएको थियो । तदर्थ समितिका सदस्यहरुमा राम चोङबाङ, टंक मगर, देश लिम्बू चोङबाङ, राजकुमार लिम्बू, राम लिम्बू सोदेम्बा, बुद्ध चेम्जोङ, चेतन सुब्बा र के।बी। लिम्बू रहेका थिए ।

नेपालमा मौलिक शैली, विचार र धरातलबाट पहिचानसहितको संघीय-लिम्बुवान आन्दोलनलाई निरन्तर हाँकीरहेको संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको अमेरिका सम्पर्क समितिको रुपमा समेत रहेर यो संस्थाले नेपालको लिम्बुवानमा मानवधिकार र लोकतन्त्रको रक्षार्थ सामाजिक कार्यहरु गर्ने भन्ने लक्ष्य रहेको छ । लिम्बुवान समाज अमेरिकाको तदर्थ समितले यस अघिनै लिम्बुवानको ताप्लिजोङ फुङलिङस्थित शेर्पा टोलका २८ अग्निपीडित घर-परिवारलाई लाखौंको आर्थिक राहत सहयोग समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया