हामी किन सगरमाथा नथेग्ने

महेशचन्द्र देवकोटा

 

हामी किन तर्सिरहेका छौं ?

 

हामी किन थाकि रहेकाछौं ?

 

खै देश बनिसकेको, हामी किन पछाडी सरीरहेका छौं ?

 

 

कालेले नहाँसेको बर्षौ भैसकेछ,

 

डल्लीले नपुछेको आँशु परेली भीत्रनै जमीसकेछ

 

बिष्णु सीताले बिद्यालय नदेखेको धेरै भईसकेछ

 

बा आमाहरुले छोरा छोरीहरु फेला पारीरहेका छैनन्

 

बहिनीले दोधारमा सिउदो छामी रहेकीछिन्

 

, छोराछोरी एकोहोरीएका धेरै भैसकेको

 

खै, पूर्वबाट सूर्य उदाउन नै छोडे जस्तो

 

धेरै अनमयस्क बीच अब हामी डराउने किन

 

अब हामी तर्सिने किन

 

उठ्नु पर्छ खनेको ठाउँ आफ्नो बनाउन

 

जुट्नु पर्छ हराएकाहरुलाई नजिक ल्याउन ।।

 

कर्मबाट पन्छिरहेका हामी किन किकर्त्यमूड छौ ?

 

धर्म धर्म भन्दा भन्दै हामी किन जड बनीरहेका छौ ?

 

पहाड तराईले बीचमा पर्खाल बनाउन खोजिदैछ

 

दक्षिण उत्तरमा आफ्नो अंश लुटिन खोजिदैछ

 

अब लालिगुँरास खै किन फक्रन्छ

 

अब सगरमाथा पनि खै किन हौंसिन्छ

 

टोलाईरहेछ, आफ्नै विवषतामा झोक्राईरहेछ

 

उनी, हामीहरु खै किन चिसिईरहेका छौं

 

तातिनु पर्छ हामी, छोड्नुहुदैन आफ्नो कर्म

 

कर्म संगैको धर्म हो मानवता, स्वतन्त्रपन किन त्याग्ने

 

जुट्नुपर्छ हाम्रा हातहरु, अब सगरमाथा थेग्नुपर्छ

 

अग्रगामी हाम्रा पाईलाहरु, पहाड तराई दुबै टेक्नुपर्छ ।।

 

 

१२ माघ २०६५

उत्तमचौंक, पोखरा

 

तपाइँको प्रतिक्रिया