हामी किन सगरमाथा नथेग्ने
–महेशचन्द्र देवकोटा
हामी किन तर्सिरहेका छौं ?
हामी किन थाकि रहेकाछौं ?
खै देश बनिसकेको, र हामी किन पछाडी सरीरहेका छौं ?
कालेले नहाँसेको बर्षौ भैसकेछ,
डल्लीले नपुछेको आँशु परेली भीत्रनै जमीसकेछ
बिष्णु र सीताले बिद्यालय नदेखेको धेरै भईसकेछ
बा र आमाहरुले छोरा छोरीहरु फेला पारीरहेका छैनन्
बहिनीले दोधारमा सिउदो छामी रहेकीछिन्
र, छोराछोरी एकोहोरीएका धेरै भैसकेको छ
खै, पूर्वबाट सूर्य उदाउन नै छोडे जस्तो छ
र त धेरै अनमयस्क बीच अब हामी डराउने किन र
र त अब हामी तर्सिने किन र
उठ्नु पर्छ खनेको ठाउँ आफ्नो बनाउन ।
जुट्नु पर्छ हराएकाहरुलाई नजिक ल्याउन ।।
र
कर्मबाट पन्छिरहेका हामी किन किकर्त्यमूड छौ ?
धर्म धर्म भन्दा भन्दै हामी किन जड बनीरहेका छौ ?
पहाड र तराईले बीचमा पर्खाल बनाउन खोजिदैछ
दक्षिण र उत्तरमा आफ्नो अंश लुटिन खोजिदैछ
अब त लालिगुँरास खै किन फक्रन्छ र
अब त सगरमाथा पनि खै किन हौंसिन्छ र
टोलाईरहेछ, आफ्नै विवषतामा झोक्राईरहेछ
म र उनी, हामीहरु खै किन चिसिईरहेका छौं
तातिनु पर्छ हामी, र त छोड्नुहुदैन आफ्नो कर्म
कर्म संगैको धर्म हो मानवता, स्वतन्त्रपन किन त्याग्ने र
जुट्नुपर्छ हाम्रा हातहरु, अब सगरमाथा थेग्नुपर्छ ।
अग्रगामी हाम्रा पाईलाहरु, पहाड तराई दुबै टेक्नुपर्छ ।।
१२ माघ २०६५
उत्तमचौंक, पोखरा ।




