लुकि लुकि थाई प्रेमीका भेट्दै पारस !

former prince-parash-shah-001212लागेको बानी जाँदै नजानी भन्ने त नेपाली उखानै छ । त्यहिँ माथि झन लामो समयदेखिको प्रेम । देश नै छोडेर सँगै बसेका उनी । जे जस्तो होस् बिदेशको बसाईमा जसले साथ दियो उसलाइ कसरि चटक्कै त्याग्न सक्नु ? तर सिधा भेट्दापनि अप्ठेरो । किनभने यतिखेर पूर्व राजकुमार पारस शाहका बाबु आमा दुबै थाईल्याण्ड छन् । छोरो भेट्न ।

आफ्नी बैधानिक पत्नी हिमानी शाह पनि उतै पुगेकि छन् छोरो सहित । बाबु आमा, छोरो र पत्नीका अगाडि प्रेमीका कन्नीका चाईसनलाई हाकाहाकी भेट्न सजिलो छैन । तर नभेटीपनि मनले मान्दैन होला । त्यसैले पारस शाहले अहिले थाई प्रेमीका चाईसनलाई लुकि लुकि भेट्ने गरेको जनआस्था साप्ताहिकले सर्वजनिक गरेको छ ।

जनआस्थाका अनुसार थाईल्याण्डबाट आफ्ना परिवारका सदस्य बाहेक अरुले पारस शाहलाई भेट्न नपाएको खबर आउने गरेको छ । तर त्यो सत्य होइन । उनका पीता ज्ञानेन्द्र र आमा बैंकक पुगेपछि परिवारका सदस्य बाहेक अरुले भेट्न नपाउनेगरि कडाई त गरिएको हो । तर उनीहरुले पूर्ण रुपमा रोक्न सकेका छैनन् । आमा बाउ र पत्नीको आँखा छली छलीपनि प्रेमीकासितको भेट चलिरहेको छ । कन्नीका आर्थिक रुपमा धनाढ्य र उनको बाक्लो चिनजानका कारण उनले त्यहाँ परिस्थिति मिलाएर पारसलाई भेटिरहेकि छन् ।

पारस र कन्नीका चाइसनबिचको प्रेम संबन्धपनि लामो रहेछ । जनआस्थाले उल्लेख गरे अनुसार उनीहरुबिचको प्रेम संवन्ध उनी युवराज हुँदा देखिकै रहेछ । कान्छी छोरी क्रितिका जन्मिएको बेला सुत्केरी अवधीकालागि हिमानी निर्मल निवास छोडेर नारायणहिटीको त्रिशुल सदन आएकि  रहिछिन् । त्यहि बेला कन्नीका राजदरबार अगाडि रहेको अन्नपूर्ण होटेलमा आएर बसेकि रहिछिन् । त्यहाँबाट पारसलाई भेट्न उनी निर्मल निवास नै जाने गर्दिरहिछिन् । हिमाली नारायणहिटीमा सुत्केरी बस्न आएका बेला उनी निर्मल निवास । त्यहि बेलादेखि पारस र कन्नेकाबिचको भेटघाट चलिरहेको रहेछ ।

तपाइँको प्रतिक्रिया