मात्रै एउटा शिरको टोपी
कुल्ली दाई बिदेशमा
माग्दै हिँड्छन एउटा रोटी
आफ्नो भन्ने केहि छैन
मात्रै एउटा शिरको टोपी।
दरवान र कुल्ली काम
नेपालीको भाग्य रैछ
बिवशता त बाध्यताले
जिवन दुखी हुँदो रैछ।
बास बस्न पाइने हो की
कुनै एउटा सानो खोपी
आफ्नो भने केहि छैन
मात्रै एउटा शिरको टोपी ।
बिचरा ति कुल्ली दाइ
देश सम्झि रुँदै थिए
अकालमा मर्छु भन्दै
सुस्केरालाइ पिउँदै थिए।
माग्नुपर्ने सास धान्न
सुकी जाने एउटा रोटी
आफ्नो भन्ने केहि छैन
मात्रै एउटा शिरको टोपी।
कुल्ली दाई बिदेशमा
माग्दै हिँड्छन एउटा रोटी
आफ्नो भन्ने केहि छैन
मात्रै एउटा शिरको टोपी।
–ओमबिक्रम ओझा
वैदाम-६ पोखरा