ठूला दलहरुको शक्ति कति छ देखिने भो अब

Nepalese political leaders from 22 partiगत संविधान सभाको निर्वाचनबाट एकिक्रित नेकपा (माओवादी) सबैभन्दा ठूलो दल बन्यो । तर माओवादी फुटेपछि त्यो हैशियत रहने कुरो भएन । नेपाली कांग्रेस र एमालेले त्यो दाउ अब हाम्रो होला भने । तर माओवादीले भने फुटेर जाने बैध्य समूहले खासै फरक नपारेकोले आफुहरुनै सबैभन्दा ठूलो दल रहेको दाबी गर्दै आएका छन् । तिनले दाबी गरेपनि मान्ने कसले ? त्यति सहजै पत्याउँछ कसले ?

त्यति मात्रै होइन, सबैजसो ठूला दलले दाबी गर्दै आएको के हो भने जनता हाम्रा पक्षमा छन् । कांग्रेस र एमाले माओवादीबाट जनता वाक्क भएको, जनतालाई सताएको, देशको आर्थिक सामाजिक स्तर डामाडोल पारेकाले जनताले मओवादीलाई तत्कालै हटाउन चाहेको दाबी गर्दै आएका छन् । तर माओवादी र मधेशी मोर्चाको दाबीले त्यसलाई अस्विकार गर्छ ।

ति चाहिँ कांग्रेस, एमाले र पुराना दलप्रति जनतामा कुनै विश्वास नरहेको । ति सित परिवर्तनको खास एजेन्डा नभएको । गणतन्त्र र तेस्रो जन आन्दोलनबाट प्राप्त अधिकार संस्थागत गर्ने उद्देश्य नभएकोले जनताको विश्वास ति पुराना दलमा नभएको दाबी गर्दै आएका छन् । सरकार नछोड्नुको एउटा कारण यसलाईपनि मानेका छन् । सबै दलका आआफ्नै दाबी । जनताले के चाहन्छन् कसले कुन आधारमा जाँचेको थियो र ? तर अब भने कुन दलको ह्याउ कति छ । जनता कुन दलप्रति बढि आशा गर्छन् भनेर देख्न पाइने छ ।

नेपाली कांग्रेस र एमाले लगायत तिनले झ्याँस्टाम्याँस्टा सोहोरेका बनाएका केहि दलहरुको मोर्चा एकातिर सडकमै पुगेको छ । उनीहरु सरकार बिरुद्द शक्ति देखाउन सडकमा पुगेका छन् । अझ दैलेखबाट त जनताकै बलमा यो सरकारलाईनै मिल्काउने गफ समेत हानेका छन् । संविधान सभा भंग गरेको दोष माओवादीलाईनै दिएका छन् । निर्वाचन गराउन नचाहेको भारीपनि माओवादी र मधेशी दलकै थाप्लोमा बिसाईदिएका छन् । राष्ट्रिय सहमतीको सरकार गठन गर्न नचाहेको दोषपनि तिनैका थाप्लामा राख्दै आएका छन् । अर्थात्, अहिलेका जे जति राष्ट्रिय समस्या देखिएका छन् ति सबैबाट आफुहरु अछुतो रहेर दोषजति सबै सरकार पक्षलाई सुम्पेका छन् ।

मधेशी दलहरुको गठबन्धन र माओवादीको संयुक्त सरकार त झन् भैहाल्यो । आफ्नो हातमा डाडु पन्यु रहुन्जेल कसले पो छोड्न खोज्छ ? प्रतिपक्षहरु चर्को स्वरमा कराएपनि सरकार सञ्चालनमा बाधा उत्पन्न गराएको भन्ने त सरकार पक्षको कामै हो । माओवादी र मधेशी दललेपनि संविधान नबन्नु, संविधान सभा भंग हुनुमा नेपाली कांग्रेस र एमालेलाई नै दोष लगाएका छन् । अहिले निर्वाचन गराउन नचाहेकोपनि तिनै दलले हो । राष्ट्रिय सरकार गठनमा भाँजो हाल्नेपनि तिनै हुन् भन्दै आएका छन् ।

तर जनताले कसका कुरा पत्याउलान् त ? तिनले जे जे जसरि जसरि दाबी गरेका छन् । एकले अर्कोलाई आरोप लगाएका छन् त्यसैगरि जनताले त अवश्यै पत्याउँदैनन् । सडकमा दुबै पक्षले एक अर्का प्रति आरोप त लगाउनेनै छन् । दोष अर्काको थाप्लोमा हाल्छन् नै । अनि आफ्नो दल एकदम जनपक्षिय भनिहाल्छन् । जनतालाई ट्रक, बस, ट्याक्टर र ठेलागाडामा ओसारि ओसारि आमसभा र जुलुसमा तान्ने छन् । केहि समय निकै रमाईलो देख्न पाइने छ । केहि झडप नभए त झन आन्दोलनको के मज्जा भो र ? तर यो अवशर हो जनताकालागि ।

सधैं एक पक्ष चुपचाप बस्ने । कि सरकारमा हुने । अर्को पक्ष प्रतिपक्षमा रहने । यस्तो बेला एकपक्षिय सुनिन्थ्यो आरोप, गुनासो र दाबी । आन्दोलन सरकार बिरोधी हुन्थ्यो । तर यो पटक त सरकार पक्षले आन्दोलन गर्ने बिरुद्द वा प्रतिपक्षबिरुद्द आन्दोलन लिएर सडकमा उत्रेको छ । त्यसैले दुबैका दाबी, निति, आरोप प्रत्यारोप अनि जनताले कुन दललाई कति विश्वास गर्ने रहेछन् । कसको कार्यक्रम सुन्न कति आउने रहेछन् भन्ने देख्न पाइने छ । यो पटक चाहिँ कुन दलको ह्याउ, जनतामा दम्भ कति छ जनतालेनै बुझ्न पाउने अवशर जुरेको छ ।

यसमा नेकपा-माओवादी चाहिँ सामेल होला जस्तो छैन । यो चाहिँ बेमोज हुने भो । तर उता नेपाली कांग्रेस र एमालेको आन्दोलनकारी गठबन्धन र यता छुट्टिएको पार्टी अध्यक्ष प्रचण्डले सम्झाउने मेसो चलिरहेको छ । यो दलपनि कुनै एकतिर लाग्यो भने झन अर्को अवशर मिल्ने छ । अथवा यो पार्टीलेपनि अफ्नै एजेण्डा बोकेर लग्गै आन्दोलनाम पो उत्रिन्छ कि ? त्यसैगरि अशोक राई अध्यक्ष रहेको संघिय समाजवादी पार्टी कता लाग्ने हो ? कुन धार समात्ने हो ? वा अलग्गै आन्दोलन घोषणा गर्ने हो कि ? यो दलपनि सडकमा गएर ठाउँ ठाउँबाटै आफ्ना कुरा राखिदिए झन गज्जब हुने थियो ।

तपाइँको प्रतिक्रिया