अन्तर्विरोधमा बाँचेकी छु
-बिमल गिरी
चिसो-चिसो रात
अन्धकारको
अबचेतनाबाट ब्युँझँदै
आकाशबाट जून खस्ता नखस्तै
तिमी ओछ्यानभरि पग्लन्छौ
अल्मलिन्छौ समयसँग
निरुत्तर हुन्छौ
रित्तो मन
तितो यथार्थ
भ्रम र बकवास
भोगिरहेछौ पराजित हुँदै
रात बिरक्तिन्छ
तिम्रो यथार्थता देखेर ।
०००००००००००००००००००
समय,युग र शताब्दीसँग
अब हराउनु हुन्न
खण्डित बाचेको जीवन
अबधी र अनुभवहरु
अमूर्त बनेर
पथभ्रान्तहरुलाई
चोइटिएकाहरुलाई
विरक्तिएकाहरुलाई
सिङ्गो धरतिमा
गुराँसका पत्र दलहरुसँगै
एकसरो झरिसङ्ग रुझेर
स्नेह र प्यारलाई
आलिङ्गन गर्दै
तितो सम्झनालाई भुलेर
बैसालु रातको आगमनसँगै
गल्ली र फाटहरुमा
मलिला हातहरुले कोट्याउँदै
माटाका कणकणमा
तिमीले फुल्नुपर्छ
फक्रनुपर्छ र सुवास छर्नुपर्छ ।।
(लेखक अनेसासका संस्थापक उपाध्यक्ष र हाल अनेसास बेल्जियम च्याप्टर अध्यक्ष हुन् ।)
![165705_196192970394038_4084957_n[1]](http://www.nepalplus.com/wp-content/165705_196192970394038_4084957_n1.jpg)




