नेपाललाई हेर्जोगको देन
● ददि सापकोटा
जसरि सन् १९५० जुन ०३ का दिन दिउँसो २ बजे हाम्रो अन्नपूर्ण जेठो हिमालमाथि पाईला राखेपछि संसार हल्लिएको थियो । उसैगरि त्यसको नेत्रित्वकर्ता मोरिस हेर्जोक ९३ वर्षको उमेरमा डिसेम्बर १३ को बिहानै बितेपछि फेरी फ्रान्समा हल्लीखल्ली मच्चियो । हजारौं लाखौं मानिसहरुले फेरी एक पटक उनको साहसिक आरोहणको संझना गरे । फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँदले उनलाई श्रद्दान्जली दिँदै भने ‘विश्वको अग्लो ठाउँमा फ्रान्सेली झण्डा पहिलो पटक फहराएर फ्रान्सेली बहादुरी र साहसलाई विश्वभरि चिनाउने मोरिस हेर्जोगलाई फ्रान्सेली जनताले सधैं स्मरण गरिरहने छन् ।’
त्यो बेला फ्रान्सेली आरोहण दलका सात जनाले अन्नपूर्ण हिमाल जेठोको आरोहण गरेका थिए । त्यो बेलासम्म बिश्वमा त्यति अग्ला हिमालहरुमाथि मानव पाइला पुर्याउन संभव हुन्छ भन्ने मानिसहरुको सोचसम्म थिएन । उनीहरुले त्यो बेला गरेको सफल आरोहणले सारा विश्वनै चकित भएको थियो । त्यति बेला नेपालमा राणा प्रधानमन्त्रि मोहन शमशेर थिए । त्यो फ्रान्सेली दलको नेत्रित्व गरेका थिए मोरिस हेर्जोकले । उनको दलमा सात जना आरोही, एक जना चिकित्सक । एक जना फोटो ग्राफर तथा एक जना कूटनितिज्ञ थिए – फँसिस द नोइएल ।
सिल्भाँ लेभी भन्ने एकजना फ्रान्सेली अन्वेषक सन १८०० ताका नेपाल गएका थिए । सिल्भाँ लेभीलेनै आफ्ना छोरा भारतकालागि तत्कालिन फ्रान्सेली राजदूत डानियल लेभीलाई जवाहरलाल नेहरु लगायत भारतका केहि उच्च नेता र नेपालका राणाहरुसित निकट बनाइदिएका थिए । त्यहि सम्पर्कका आधारमा लेभीले सगरमाथा आरोहणका लागि अनुमती मागे । तर त्यो बेला बेलायतीहरुले सगरमाथा चढ्न कोसिस गर्दै रहेछन् । बेलायतीहरुले फ्रान्सेली आरोही समक्ष दुई वर्ष आफुहरुकालागि छोडिदिन आग्रह गरेकोले अन्नपूर्ण हिमाल चढेको पंक्तिकारलाई बताएका थिए । तर आरोहणको सम्पूर्ण ब्यवस्थापन गरेका दिल्लीस्थित तत्कालिन कूटनितिज्ञ फँसिस द नोइयल भने त्यो बेला बेलायती प्रभाव नेपालमा बढि भएकोले सगरमाथा बेलायतलाई दिइसकेको हुँदा आफुहरुले अन्नपूर्ण हिमाल रोजेको बताउँछन् । अलिअलि हिन्दी भाषापनि जान्ने भएकोले पनि नोइयलले शेर्पाहरु खोज्ने, बाटो चिन्ने र राणा प्रधानमन्त्रीसित अनुमति लिने काम गरेका थिए । त्यो आरोहणमा गएका मध्ये उनी एक मात्रै जिवित छन् ।
नेपालमा केहि नपाइने हुनाले उनीहरुले आफूलाई चाहिने सम्पूर्ण सामान फ्रान्सबाट निजि विमानमा लगेका थिए दिल्लीसम्म । ति सामान बोक्न उनीहरुले पाँच सय भरियाको ब्यवस्था गरेका थिए । यि भरियाहरुले जनही पाँच रुपियाँ पाएका रहेछन् दिनको जुन ‘गोरा साहेब‘ ले त्यो बेला दिएको खुब आकर्षक रकम मानिने रहेछ । त्यतिबेला अहिले झैं नक्शा पाइँदैनथ्यो । नेपाल भन्ने नाम समेत छुटाएका हुने रहेछन् कतिपय नक्शामा । झन बाटो कस्तो, कसरि जाने ? कति मिटरसम्म पुग्दा कस्तो छ ? कता छल्ने, कुन मोहडामा च्याप्ने ? कुनै जानकारि बेगर उनीहरु बेसुरमा गए । त्यसैले गर्दा उनीहरु केहि समय धौलागिरि हिमालतिर अल्झिए । अब वर्षाद लाग्छ र मौसमले साथ दिन्न भन्ने भएपछि मे १४ मा उनीहरुले अन्नपूर्ण चढ्ने निधो गरेर हिँडे । उनीहरुको समूहमा नौ जना थिए । सात जना आरोही । एक जना चिकित्सक र अर्का एक फोटो ग्राफर ।
अन्नपूर्ण बिजय हाँसिल गरेपछि मोरोस हेर्जोकका दुबै हात र खुट्टाका औंला हिउँले खाए । उनलाई डोरीको खाटमा चारैतिरबाट बोकेर शेर्पाहरुले ल्याए। दिल्लीको अस्पत्तालमा झण्डै महिना दिन उपचार गर्दापनि सन्चो नभएपछि फ्रान्स ल्याइयो । फ्रान्स फर्कने क्रममा उनीहरु दिल्ली पुगिसकेका रहेछन । त्यहिबेला अन्नपूर्ण आरोहणबारे थाह पाएका राणा प्रधानमन्त्रि मोहन शमशेरले मोरिस हेर्जोक र कुटनितिज्ञ फँसिस द नोइएललाई दरबारमा बोलाएर बधाई दिए । त्यतिखेर मोहन शमशेरले मोरिस हेर्जोकलाई भनेका रहेछन- तपाइँहरु बहादुर हुनुहुँदोरहेछ । त्यत्रो हिमाल चढेर संसारभरि नेपालको नाम फैलाइदिनुभयो । तपाइँहरुलाई धेरै धेरै धन्यावाद ।” यो मोरिस हेर्जोक स्वयंले भनेका हुन उनैको निवासमा भेट भएका बेला ।
उनीहरु नफर्किँदै संसारभरि त्यो खबर फैलिसकेको थियो । यसको खबर पारि माच भन्ने म्यागाजिनले छापेपछि फ्रान्समा विशेष चर्च भयो । यो पत्रीका फ्रान्समा अहिलेपनि उत्तिकै लोकप्रिय छ । फ्रान्सका तत्कालिन राष्ट्रपती चार्ल्स द गोलले सार्वजनिक बिदा दिएका थिए अन्नपूर्ण आरोहणको हर्षोल्लास मनाउन । लाखौं मानिस यो बिजयोत्सव मनाउन सडकमा उत्रिएका थिए ।
आफ्नो अन्नपूर्ण हिमाल आरोहणका बारेमा उनले केहि समयमै पुस्तक लेखे ‘लान्नपुर्न फर्मियर हुइ मिल (अन्नपूर्ण प्रथम आठ हजार मिटर) भन्ने । यो किताब निस्किनासाथ हजारौ लाखौं मानिसले पढे । यो पुस्तक निस्किएको पहिलो छ महिनासम्म त अमेरिकामा बाइबल भन्दापनि बढि प्रति बिक्रि भएको उनी बताउँथे । उनले यस पंक्तिकारसित उक्त पुस्तक बिभिन्न १७ भाषामा अनुवाद भएको उल्लेख गरेका थिए । तर उनको निधनपछि फ्रान्सेली मेडियाहरुले भने बिभिन्न ४० भाषामा अनुवाद भएको दाबी गरेका छन् । उनले हिमाल आरोहण र नेपालकै बारेमापनि थुप्रै किताब लेखे । तर लान्नपुर्ना फर्मिए हुइमिल जति अरु लोकप्रिय भएनन् ।
उनको यो पुस्तक पढेर आकर्षित भएकाहरु हजारौं हजार छन् । ति फ्रान्सेली मात्रै नभएर विश्वका धेरै मुलुकका नागरिक छन् । उनको बारेमा सयौं खाले फिल्महरु बनेका छन् । हजारौं लेखहरु लेखिएका छन् । उनले आफुलाई प्राय “मेरो दोस्रो घर नेपाल हो’ भन्ने गर्थे । उनको प्रवचन सुनेर, कार्यक्रम हेरेर र पुस्तक पढेर धेरै फ्रान्सेली अनुसन्धानदाता, पर्यटक र सर्वसाधारण आकर्षित भएका छन् । नेपाल एक पटक पुग्नै पर्ने थलोका रुपमा फ्रान्सेलीहरुले लिनुमा हेर्जोगकै देन छ ।
फ्रान्सेलीहरु अन्नपूर्ण हिमालसित यति परिचित छन् कि हेर्जोग बितेको खबरसित अन्नपूर्णको नाम आउँदापनि नेपालमा पर्छ भनेर कहिँ कतै उल्लेख गरेको देखिएन फ्रान्सेली मेडियाले । किनकि उनीहरु नेपाल भन्ने उल्लेख गर्नै पर्दैन भन्ने ठान्छ्न् । वास्तवमा युरोपमा नेपाललाई सबैजसो नागरिकले चिन्ने फ्रान्सेलीहरुनै पर्छन् । त्यसको मुख्य देन यिनै हेर्जोगमा जान्छ । उनले अन्नपूर्ण हिमाल चढेपछि फ्रान्समा मात्रै नभएर युरोपमै हिमाल आरोहण साहसिक खेलका रुपमा अझ स्थापित भएको हो । यसले ब्यवसायिक रुपको फड्कोपनि यहि आरोहणपछि मारेको हो । फ्रान्समा हिमाल आरोहणको चर्चा हुँदासाथ हेर्जोग र अन्नपूर्ण हिमालको प्रसंग जोड्ने गरिन्छ ।
सन् १९७० मा उनलाई अन्तर्राष्ट्रिय ओलम्पिक ओलम्पिक कमिटीको सदस्यमा नियुक्त गरियो । उनी २४ वर्ष सदस्य रहे । यो बेलापनि उनैको करणले नेपालको हुनुसम्म प्रचार भयो । सन् १९६६ देखि १९७७ सम्म उनी सामोनी क्षेत्रको मेयर छानिए । यो हिमाली क्षेत्र हो । यस क्षेत्रमा उनलाई मेयर बनाउनुको मुख्य कारण हिमाल, हिमाली क्षेत्रलाई ब्यवस्थापन गर्नु, हिमाल आरोहणलाई थप परिमार्जित र विकास गर्नु थियो । नेपाल जाने अधिकांश मानिसहरु यहि क्षेत्रका हुनुपनि मोरिस हेर्जोकको योगदानले काम गरेको छ । यद्दपी हिमाली क्षेत्रका मानिस भएकोले नेपालको आकर्षण हुनु स्वभाविकै हो । उनको अन्नपूर्ण आरोहणबारे यहाँको माध्यमिक तहको पाठ्यक्रममै समाबेश गरिएको छ । यसको कारणले गर्दापनि नेपालबारे फ्रान्सेलीहरुले सानै उमेरमा जानकारि पाउँछन् ।
राणा प्रधानमन्त्री मोहन शमशेरको उनी औधी प्रशंसा गर्थे । उनी भनिरहन्थे ‘मलाई महाराजाले सम्मान गर्नु भो, गोर्खा क्रस दिनु भो । यो पाउने म एक मात्रै बिदेशी हुँ ।” उनका प्रिय पात्रहरुमा एरिक भाली र नेपालका लागि फ्रान्सका पूर्व राजदूत फँसिस द नोइयल थिए । उनिहरु भेट हुँदा नेपालका हिमाल, संस्क्रिति र अन्य भौगोलिक तथा सांस्क्रितिक र बेथितिबारे छलफल गर्थे ।
गएका दुई वर्षदेखिनै उनको बोली बसिसकेको थियो । उनी आफ्नी पत्नीसितमात्रै मुस्किलले केहि बोल्थे । अन्तिम पटक उनी नेपाली कार्यक्रममा गत सालको अक्टोबर दोस्रो साता उपस्थित भए । त्यो कार्यक्रम उनैको सम्मानकालागि थियो । संभवत त्यहि नै अन्तिम थियो उनले नेपाल संवन्धि कार्यक्रममा भाग लिएको । त्यो बेलानै उनी गलिसकेका थिए । उनलाई गाडीबाट सम्मान कक्षसम्म ल्याउन र लानपनि दुई तिरबाट बोक्नु परेको थियो । संयोग कस्तो पर्यो त्यो बेला भने मोरिस हेर्जोगको आरोहण दलका मुख्य शेर्पा आङसार्की शेर्पाकै छोरा दावा शेर्पाले हेर्जोगलाई उचालेर कार्यक्रम हलमा पुर्याएका थिए । पछि उनैले उचालेर गाडीमा राखिदिँदै बिदाई गरे ।
त्यसो त उनको आरोहणबारे निकै बिवाद र भ्रमहरुपनि छन् फ्रान्समा । आरोहण दलका सात जना मध्ये लास्नाल र हेर्जोगले मात्रै अन्नपूर्ण आरोहण गरेको बताइन्छ । फ्रान्सेली केहि मेडिया र आरोहीहरुले चार्ल्स द गोलको निकट भएकोले हेर्जोगले आफ्नो पहुँच प्रयोग गरेर अरुलाई चढ्न नदिएको उल्लेख गरिरहन्छन् । लास्नाल अति अनुभवी भएकोले लगेको र उनलाइपनि चुचुरोमा पुग्न हेर्जोगले रोकेको दाबी थुप्रै मेडिया र आरोहीहरुले गरेका छन् । उनैकी छोरी फेलिसिते हेर्जोगले एक पुस्तक लेखेर आफ्नो बुवा एकदम झुठो, निश्ठुरी, आडम्बरी र धोकेबाज आरोही बहेको आरोप लागएकि छिन् । उनको दाबी छ “चुचुरोमा कोहिपनि पुगेको थिएन । उनीहरुको अहत र गोडा हिउँले कहैसकेको थियो । त्यस्तो बेला कसरि चुचुरोमा पुग्न सक्छन् ? उनीहरु बिचैअबट फर्किएका हुन् र चार्ल्स द गोलको शक्ति प्रयोग गरेर मेरा बाउले अरुलाई सँगै लगेरपनि चढ्न दिएनन् । त्यो आफु एक्लै नाम कमाउँ भन्नकालागि थियो ।”
तरपनि अधिकांश फ्रान्सेलीअह्रु मोरिस हेर्जोगलाई हिमाली हिरो मान्छन् । उनले अन्नपूर्ण हिमाल चढेपछि चार्ल्स द गोलले उनलाई खेलकुद मन्त्री बनाए । उनलाई खेलकूद मन्त्री बानौनुको अकरण एक त सम्मान थियो । अर्को फ्रान्समा हिमाल आरोहणलाई प्रवर्धन गर्नु, खेलकूदको रुपमा विकास अग्र्नु र युवाहरुलाई हिमाल आरोहणमा आकर्षित गर्नु मुख्य उद्देश्य रहेको हेर्जोगले पंक्तिकारसित ब्यक्त गरेका थिए । चार्ल्स गोलले हेर्जोगलाई भनेका रहेछन् “हेर्जोग, हाम्रा युवा युवतीहरु स्वस्थ, तन्दुरुस्त र साहसी बन्नुपर्छ । त्यसकोलागि तपाईले यो आरोहणलाई प्रबर्धन गरेर आकर्षित गर्नुस् ।” हेर्जोगलाई गोलले आफ्नो हिमाल आरोहणबारे स्कूल, क्याम्पस, क्लब र बिभिन संस्थामा गएर प्रवचन दिनपनि सुजहएका थिए । उनको सुझाव अनुसार हेर्जोगले फ्रान्स लगयत धेरै ठाउँमा प्रबचन दिए ।
त्यहि आरोहणले उनलाई जिवनभरकालागि अपांग बनाइदियो । विश्वभर चिनिएपनि । एकैचोटी संसारभरि फैलियो ‘लौ मानिसहरु हिमालयमापनि पुगे रे, आठ हजार भन्दापनि अग्लो हिमाल चढे रे, त्यो नेपाल भन्ने देश हो रे ।’ उनी नेपालका धेरै नै ठाउँ पुगे । तर तारिफ चाहिँ त्यहि अन्नपूर्ण क्षेत्रकै गर्थे । ‘कालिगान्दाकी’ भन्थे काली गण्डकीलाई । लेते सबैभन्दा मन पर्ने थलो रहेछ । पछि उनले ‘मों रनेसँस आफ्रे लान्नपूर्ना’ अर्थात् ‘अन्नपूर्णको आरोहणपछि मेरो पूनर्जन्म’ भन्ने किताब लेखे । त्यसमा त ‘आफूलाई अन्नपूर्णको लेतेमा मर्न मन लागेको भन्ने पो उल्लेख रहेछ ।






