आजको सिता
कपिल अधिकारी / ताइपेइ, ताइवान
सिता,
यो धर्तीको पुत्री
यो भुमि पुत्री
अरब, इस्राएलकोको भूमिमा
पसिना झार्दै छन
कहिले खुशी, कहिले आँशु झार्दै छन
छ सपना
छ भबिस्यको कामना ।
०००००००००००००००
आफनो गोडामा उभिन
केहि गरेर देखाउन
अथवा
घर चलाउन, बच्चालाई स्कूल पठाउन
आफ्ना ब्यथा, कथा बोकेर
लागि रहेछन सीताहरू
राम चौतारीमा तास उठाई रहेको होला
वा
शहरको कुनामा कतै दोहरी गाइरहेको होला !
०००००००००००००००
भूगोल भरि छरिएका छन
आजका सिताहरू
यी धर्ती पुत्री ।





