कविता : जुकाको बस्ति
● कपिल अधिकारी / ताइपेइ,ताइवान
यो गजब बस्ति, जहाँ
जुकाहरूको मान गरिन्छ, गर्छन
सम्मान गरिन्छ, गर्छन
ध्यान, ढोग र सत्कार
चौबाटोमा दुइ भेटे की उसकै महिमा गाइन्छ
०००००००००००००००
यो अनौठो बस्ति
पोटिलो, सुकेनाशे जुकाहरू, जुके भ्रूणहरू
लाइन लागेर धनुष टन्कार गर्छन
पैताला, पिडुला, तिघ्रा
जताततै उक्लन खोज्छन
धर्मभिरू भने, जुकाको दर्शनमा दङ्ग पर्छन
“गला लगाउँछन्”
दण्डबत गर्छन
यो अचम्मको बस्ति
जुकाको बस्ति





