आफ्नै नेताको श्रद्दान्जली मनाउन बेल्जियम कांग्रेसमा तानातान
भन्नलाई भिम बहादुर तामाङ त्यागि नेता, आदर्शवादी नेता, सादा जिवन र उच्च बिचारका भन्छन् । निष्ठाको राजनिति गर्ने नेता भनेर लेख्छन्, सुनाउँछन् ।
उनी हुन् पनि । तर खै नेपाली कांग्रेसको बेल्जियम शाखामा देखिएको त्यो ? उनको निष्ठाको राजनितिबाट सिक्न र अदर्श जिवनबाट पाठ लिनुपर्ने भनेर नेपाली कांग्रीसका धेरै कार्यकर्ताले निकै शब्द खर्चेका छन् । तर ब्यवहारमा ? आफ्नै नेताको श्रद्दान्जली मनाउनपनि नेपाली कांग्रेसको बेल्जियम शाखामा तानातान र होडबाजी गरेर जगत हसाउने काम गर्दै छन् । उनीहरुले एउटै पार्टीका मान्छेलेपनि फरक संस्था र नाममा नेताको श्रद्दान्जली मनाउन फरक मितिमा श्रद्दान्जली सभा बोलाएका छन् ।
वीपी स्म्रिती प्रतिस्ठान बेल्जियमका संयोजक ध्रुबराज पौडेल र सचिव सिता सापकोटाको नामबाट भिम बहदुर तामाङको १३ औं पुण्य तिथीका अवशरमा श्रद्दान्जली सभा बोलाईयो डिसेम्बर १३ का दिन दिनको दुई बजे। उनीहरुले बेल्जियमका नेपालीहरु सबैलाई यसै भनेर निमन्त्रणा पठाए ।
तर यो देख्नासाथ अर्को पक्ष अर्थात संस्थापन पक्षपनि भनेर चिनिनेहरुले त्यसलाई हत्त न पत्ता खण्डन गरे । संस्थापन पक्ष भनेपछि अगाडि देखिनु त परिहाल्यो । त्यसैले नेपाली कांग्रेसको भात्री संगठन जन संपर्क समितिका अध्यक्ष गंगाधर गौतम पक्षले उनीहरुलाई उछिन्ने गरि ३ दिन अघि कार्यक्रम राखे । अर्थात डिसेम्बर १० का दिन । तेह्रौं दिनमा नमनाएर उछिन्नैका लागि जन संपर्क समितीले दशौं दिनमा राख्यो । समयपनि एक घण्टा अगाडि राखे । हामीनै आधिकारिक हौं भन्नेहरुले चाहिँ नेपाली जन सम्पर्क समितिको नामबाट राखेका हुन् कार्यक्रम ।
यता संस्थापन पक्ष वा नेपाली जन संपर्क समिति भनिने पक्षले जारी गरेको बिज्ञप्तीमा नेपाली कांग्रेस केन्द्रिय कार्यालयले आफुहरुलाई मात्रै श्रद्दान्जली सभा मनाउन आधिकारिकता दिएको, पत्राचार गरेको उल्लेख छ । तर भाषा शैली पुरै पेलान गर्ने ढंगको छ । वीपी स्मिति प्रतिष्ठानलाई इंगित गर्दै जन संपर्क समिति पक्षले उनीहरुले आयोजना गरेको कार्यक्रममा उपस्थिति नजनाउन भनेको छ । उनीहरुले आफुहरुले गरेको बाहेक अन्य कुनैपनि संस्था, ब्यक्तिले गरेको कार्यक्रम आधिकारिक हुन नसक्ने भनेरपनि सार्वजनिक गरेका छन् ।
मन फराकिलो हुने हो भने यता जन संपर्क समितिले र अर्को वीपीको सम्मानमा बनेको वीपी स्म्रिति प्रतिष्ठानले श्राद्दन्जली मनाउन नहुने थिएन । आखिर भिम बहादुर तामाङलाई जति धेरै संस्थाले सम्झियो उति राम्रो हुने न हो । तर प्रजातान्त्रिक मुलुकमा बसेका, सबैभन्दा ठूलो प्राजतान्त्रिक पार्टीका कार्यकर्तामा आदर्श, बिचार र फराकिलोपनको खडेरी परेपछि कसको के लाग्छ ?
(ब्यक्तिगत आक्षेप, गाली गलौज र आरोप प्रत्यारोपमा रहेर प्रतिक्रिया नदिनुहोला । स्वच्छ बहस गर्नुहोला । कुनै गोप्य खबर छन्, नाम सार्वजनिक नगरि मलाई सुटुक्क भन्नु छ भने चाहिँ [email protected] मा मेल गरेर आफ्नो वास्तबिक परिचय दिनुहोला । म सबै गोप्य राख्ने छु-नेपालप्लस)




