ब्रेकिङ न्युज : प्यालेष्टाईनलाई दियो मान्यता संयुक्त राष्ट्र संघले

संयुक्त राष्ट्र संघले अहिले केहि मिनेट अघि प्यालेष्टाइनलाई अलगै राष्ट्रको पहिचान दिएको छ । केहि मिनेट अघि भएको मतदानमा बहुमतले अलग राष्ट्रको पहिचान दिने पक्षमा मतदान गरेको हो । अब विश्वको सबैभन्दा कान्छो देश बनेको छ प्यालेष्टाइन । यो निर्णयसँगै अब १९४ औं मुलुक बन्ने छ ।

युरोपका लागि प्यालेष्टिनी राजदूतले विश्वका न्यायकर्मी जनताहरुले न्यायको पक्षमा बोलेको र आफ्ना देशका न्यायकर्मी जनताको निरन्तर संघर्षको उपलब्धि भन्दै धन्यावाद दिएका छन् । उनले यसलाई संयुक्त राष्ट्र संघको साहसिक निर्णयपनि भने । अहिले प्यालेष्टिनी जनताको मुक्तिको उल्लास मनाउन हज्जारौं लाखौं जनता सडकमा उत्रिएका आवाज न्युज स्रोतले जनाएको छ ।

तपाइँको प्रतिक्रिया