बेल्जियममा जनसंपर्क समितिको शुभकामना र जलपान
∙ शालिक गौतम
नेपाली जनसंपर्क समिति बेल्जियमले २३ अक्टाबोरमा बेल्जियको लभुने शहरमा श्भकामना आदान प्रदान कार्यक्रम संपन्न गर्यो । नेपाली महानपर्वहरु विजयादशमीको उपलक्ष्यमा विशेश्वर प्रसाद कोइरालाले भारत निर्वासन पश्चात स्वेदश फिर्ता हुदा आयोजना गर्ने गरेको राष्टिय एकता तथा मेलमिलाप लागि आयोजना गर्दे आइरहेको शुभकामना आदान प्रदान तथा जलपान कार्यक्रमको अनुशरण गर्दै प्रवासमा रहेका नेपालीहरुको सामाजिक हित तथा भाइचारको संबन्धमा मजबुत पार्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
बेल्जियमको बसाइमा नेपाली समुदाय तथा नेपालीहरुको हितका लागि सहकार्य र समन्वय गर्दै साझा रुपमा जातिय, क्षेत्रिय र राजनैतिक मुद्धाभन्दा माथि उठेर काम गर्नु पर्ने अधिकाँस नेपाली संघसंस्था अध्यक्ष तथा प्रतिनिधीहरुले बताएका थिए ।
सभापतिको आसनबाट बोल्दै गंगाधर गौतमले नेपाली काँग्रेसले नेपालमा आयोजना गर्दै आइरहको जलपान कार्यक्रम अव प्रवासमा पनि नेपाली समुदायको हितको निमित्त आपसी सद्भाव र एकतालाई मजजुत पार्देै अगाडि बढ्नु पर्ने कुराको महसुस भई यो कार्यक्रमको आयोजना गरेको बताउनु भयो । यो नै नेपाली काँग्रेसको प्रवास स्थित आधिकारिक कार्यक्रम भएको स्पस्ट पार्दै नेपाली काँग्रेस, नेपाली जनसंपर्क समिति तथा काँग्रेसका अग्रज नेताहरुको नाम जोडेर कुनै झुण्डले औपचारिक कार्यक्रम आयोजना गर्न नसक्ने र त्यस्ता काम असामाजिक तथा अराजनैतिक हर्कत हो भन्दै कटाक्ष गरे । यस्ता हर्कतहरु जुनसुकै संगठनहरुमा पनि हुन सक्ने औल्याउँदै पुर्ण रुपमा निस्तेज गर्न सवै नेपाली संघसंस्थालाई अनुरोध गरेका थिए ।
नेपाली जनसंपर्क समितिका संरक्षक तथा महासमिति सदस्य राम थापाको प्रमुख आतिथ्यतामा संपन्न कार्यक्रममा संस्थाका संरक्षक गोविन्द सुवेदी, युरो काँग्रेसका उपाध्यक्ष बलिराम झा, एनआरएनआइसीसी सदस्यहरु रविन्दमान श्रेष्ठ, अर्जुन कुमार श्रेष्ठ, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष चित्र सुवेदी, जनप्रगतिशिल मोर्चाका अध्यक्ष प्रेम पाठक, एनडिएफ बेल्जियमका महासचिव गोपाल सिंखडा, नेपाली व्यवसायी संघका अध्यक्ष हरि कु्मार शर्मा थपलिया, नवलपरासी सहायता समाजका अध्यक्ष अमृत क्मार प्रधान, एनआरएन स्पेनका अध्यक्ष अर्जुन काफ्ले, युरो नेपाल खेलकुद संघका अध्यक्ष किशन केसी, नेपाल पत्रकार महासंघ युरोपका पार्षद डिल्ली अम्माई, क्षेत्री समाजका उपाध्यक्ष दिपक कार्की, पासा पुच बेल्जियमका महासचिव चिनिया लाल दुवाल, हाँस्य कलाकार किरण केस, पोत कुमारी जिशीले शुभकामना सहित आफ्नो भनाइ राखेका थिए ।
समितिका अध्यक्ष गौतमको निवासमा संपन्न दिवा भोज तथा जलपान कार्यक्रममा साँझ ढिला सम्म चलेको थियो । एनआरएन बेल्जियमका अध्यक्ष जानकी गुरुग, आइसीसी सदस्य तथा जनजाती महासंघका अध्यक्ष पिजी शेर्पा, पुर्व अध्यक्ष युवराज गुरुग, युरो कलाकार संघका अध्यक्ष पदम गुरुगं, शेर्पा किदुक –शेर्पा समाज बेल्जियम) का अध्यक्ष सोनाम शेर्पा, साँग्रिला समाजका महासचिव दिपक ज्योति पौडेल, इन्द्रधनुश क्लवका उपाध्यक्ष यसोदा थापा, एनआरएन बेल्जियमका उपाध्यक्ष अनिता लामा, एनआरएन पुर्व महासचिव नन्दराज घले, जनजाती महासंघका सचिव छिरिङ्ग शेर्पा, नेपाल तरुण दल युरोप संयोजक शैलेश मल्ल, शेर्पा समाज बेल्जियमका संरक्षक कर्मा शेर्पा, नेपाली व्यवसायी संघका महासचिव सिपी भट्ट, क्षेत्री समाजका महासचिव गोनिन्द सुवेदी, नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधी चिज कुमार तामाग, राजु थापा, जनसंपर्क समिति ब्रसेल्सका क्षेत्रिय अध्यक्ष रामजी ज्ञवाली, सचिव राम पाण्डे, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष केजीन राई, कलाकारहरु धिरज राई, शिवहरि पौडेल, रामजी काफ्ले, जुनु निरौलाको उपस्थिती रहेको थियो ।
संस्थाका उपाध्यक्ष कृष्ण शाहीले स्वागत, संस्थाका सल्लाहाकार देवेन्द्र शर्माले धन्यबाद तथा सहमहामन्त्री शालिक गौतमले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उल्लेखनिय रुपमा नेपाली समुदायको उपस्थिती रहेको थियो ।





