नेपालकी चेलीले जितिन त भारतमा चुनाव

(भारत उत्तराखण्डबाट मोहन स्वरुपको सहयोगमा)

नेपालकी एक चेली अन्तत : भारतीय लोक सभामा बिजयी भएकि छन् । उनी हुन् माला राज्य लक्ष्मी शाह । उनी टिहरी क्षेत्रबाट बिजयी भएकि हुन् । गढवल क्षेत्रमा पर्छ जहाँ नेपालीहरुको संख्या ब्यापक छ । टिहरी जिल्लाका बिधायक बिजय बाहुगुना लोक सभा सदस्य थिए । उनी उत्तराखण्डको मुख्य मन्त्री भएपछि त्यो पद खाली थियो । गत १० तारिख भएको निर्वाचन त्यसैकालागि थियो । माला राज्य लक्ष्मी शाहले त्यहि पद जितेकि हुन् । उनीसित प्रतिस्पर्धामा उत्रेका थिए, उत्तराखण्डका मुख्य मन्त्री बिजय बाहुनगुनाका छोरा । उनी सत्ताधारी पार्टीकै तर्फबाट माला राज्य लक्ष्मी शाहसित मैदानमा उत्रेका थिए । भारतीय पत्रीकाहरुले मुख्य मन्त्रीका छोरालाई लक्ष्मी शाहले भारी मतले हराइदिएको भन्दै चर्चा गरेका छन् ।

द हिन्दुस्तान टाईम्सका अनुसार उनले २२ हजार ४ सय ३१ मतको अन्तरले हराइदिएकि हुन् । उनले २ लाख ४५ हजार २ सय ९२ मत ल्याइन भने उनका प्रतिद्वन्दीको मत २ लाख २२ हजार ८ सय ६१ थियो । देहरादुनमा निकै कडा सुरक्षाका बिच त्यो निर्वाचन भएको रहेछ ।

सत्तासिन पार्टीले तेल, ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढाएर जनतालाई सास्ति दिएको भन्दै आलोचना भएको थियो । माला राज्य लक्ष्मी शाहको पार्टीले यसैलाई मुद्दा बनाएर निर्वाचन लडेको थियो ।

निर्वाचनमा बिजयी भए लगत्तै भारतीय जनता पार्टीका कार्यकर्ता र समर्थकहरुले पटाका पड्काएर बिजयोत्सव मनाएका थिए । सरकारको महँगी बिरुद्द नाराबाजी गर्ने र बिजयको खुशियालीमा मिठाइ र चकलेट बाँडेका थिए ।

उनी काठमाडौंको थापाथलीस्थित सिघमहलमा जन्मेकि हुन् । उनका बाबु थिए अर्जुन शमशेर जबरा । उनी हाल भारतको टिहरी निवासी हुन् । उनी निर्वाचित भएपछि त्यहाँका नेपालीहरुमा ब्यापक खुशि छाएको भारत उत्तराखण्डका नेपालप्लस सहयोगी मोहन स्वरुपले सुनाए । नेपालीहरु धेरै भएपनि पहिलेपहिले यहाँ भारतीयहरुनै उमेदवार बन्ने गरेका थिए । यो पटक साहसकासाथ नेपाली चेली उमेदवार बनेकि हुन् ।

संवन्धित ब्लग

नेपालकी छोरी भारतीय बिधान सभा उमेदवार

तपाइँको प्रतिक्रिया