भाँड्न खोजेपनि भयो त अधिबेशन

नेपाल पत्रकार महा संघ युरोप शाखाको पहिलो अधिबेशन हिजो गरियो । कार्यक्रमलाई कुनैपनि हालतमा सम्पन्न गर्न दिन्न भनेर धेरै नेपालीसित हाकै बोलेका रहेछन् हाम्रा कुटनितिज्ञले । यसको जानकारी कुटनितिज्ञकै आज्ञाकारीबाट मलाई आ इसकेको थियो पहिलेनै । त्यहि अनुसार मैले तयारि गरेको थिएँ । हाम्रै केहि साथीहरुलेपनि सुरक्ष हुन्न कि ? भाँडिन्छ कि भन्दै प्रश्न गरेका थिए । तर कसैले त्यस्तो हिम्मत गर्न सक्ने अवस्था थिएन । त्यसरि भाँडिएको भए सबै भन्दा ठूलो प्रश्न चिन्ह हामी तदर्थ समितिका साथीहरुको क्षमतामाथि उठ्थ्यो ।

कार्यक्रम एकदम शान्तिपूर्वक भयो । अधिबेशनमा जुन अवस्था देखियो त्यो आपत्तीजनक थियो । राजनितिक पार्टीका नेता पुरै खटिएका थिए । तिनको स्वार्थ हुनु अस्वाभाविक होइन । कुनैपनि राजनितिक दलले बनाउन खोज्छ नै आफ्नो बर्चस्व। तर अस्वाभाविक के हो भने पत्रकारहरु आफु कति सजग हुने भन्ने हो । पत्रकारिता गरिरहेका भन्दा नगरेकाको बर्चस्व कायम भयो । चिन्ताको विषय त्यो हो । पत्रकारितामा सक्रिय साथीहरु, केहि आसा लाग्दा पत्रकारहरु बाहिरै छुटे । बेमोज त्यहि भयो । केहि भेष बदलेर आए ।

पत्रकार महा संघ युरोप शाखाको अध्यक्षमा महेश थापा आए । उनैको नेत्रित्वमा नयाँ समितिले काम गर्ने छ । नयाँ समितिले कसरि काम गर्छ त्यो हेर्नुपर्छ । तिनलाई सहयोग गर्नै पर्छ । कार्य समिति ठूलो छ । त्यसलाई कसरि मिलाएर लैजाने भन्ने मुख्य जिम्मेवारि महेशको हो । पत्रकार सञ्चारकर्मी नबनेर संघ संस्थालाई मिलाएर लैजाने खालको बन्ने हो भने त्यसले कति पत्रकारिता गर्न सक्ला ? कता डोरिएला पत्रकार महा संघ ? कता जाला पत्रकारिताको भूमिका, दम्भ र धर्म ? योनै साथीहरुले सोचुन् । महेशलाई सहयोग गर्नुको बिकल्प छैन । महा संघको भलाई सोच्ने हो भने सबैले महेशजीलाई सहयोग गरुन् ।

हिजोको अधिबेशनको तयारिका लागि केहि दिन देखि खट्दा थकित भएको छु । अहिले पेरिसका केहि स्थल साथीहरुलाइ घुमाउन लैजाँदै छु । महा संघको अधिबेशनमा भए देखिएका द्रिष्यहरु बारे म केहि कुरा लेख्दै जाने छु ।

तपाइँको प्रतिक्रिया