पेरिसमा नेपाली नेपालीबिच भिडन्त

एक दशक अघि सम्मपनि पेरिसमा नेपालीहरु शिलो खोज्नु पर्थ्यो । थिए, तर यसरि सार्वजनिक स्थलमा बाक्लै देख्न पाइन्नथ्यो । तर अहिले स्थिति बदलियो । नेपालीहरु यति धेरै जम्मा भए कि ६, ७ वटा त फूटबल टिमनै तयार हुने स्थिति बन्यो । अहिले नेपालीहरुको एउटा माध्यम बनेको छ फुटबल प्रतिस्पर्धा । संस्थाहरुले वर्षकै तिन चार पटक यस्ता प्रतिस्पर्धा राख्न थालेका चन् । गत आइतवार पेरिसको भाँसेन पार्कमा तमु समाज फ्रान्सले आयोजना गरेको फुटबल प्रतियोगितामा त्यसगरि नेपालीका सात टिम भिडन्तमा उत्रिए । झारेझुरे पाराले होइन, पुरा पुरस्कार दिने, प्रबेश शुल्क लिने र ब्यवशायिक पारालेनै खेलाएका थिए ।

(नेपाली एकता समाजको टिम)

भिडन्तमा सिभिल ११ ले पहिलो स्थान जित्यो । दोस्रो बन्यो नेपाली एकता समाजको टिम । तर खेलमा एक जना खेलाडी सख्त घाइते भए । घाइतेकै उपचारकालागि भनेर आफुले जितेको दोस्रो पुरस्कारको रकम एकता समाजले तत्कालै त्यहि खेलाडीको उपचारकालागि दिएको घोषणा गरिदियो । खेललाई एन आर एन फ्रान्स, मरिना ब्युटि पार्लरले सहयोग गरेका थिए । दोस्रो पुरस्कार एन आर एन फ्रान्सले प्रायोजन गरेको थियो । खेलाडीको उपचारकोलागि तमु समाजसँगै अन्य संस्थालेपनि आर्थिक सहयोग जुटाने निधो गरेका छन् ।

(स्याङ्जा फ्रान्स टिम)

(सिभिल ११ सेतो । सिभिल ११ रातोलेपनि भाग लिएको थियो । रातो जर्सी थियो। तर फोटो पाउन सकिएन सिभिल ११ रातोको)

(तमु समाज फ्रान्सको टिम)

(लांघाली समाज फ्रान्स)

भिडन्तमा उत्रिने नेपालीका टिम यीनै माथिका हुन् । सात टिमले भाग लिएका थिए ।

भविष्यका फुटबलरहरु । ठूलाले फुटबल खेलिसकेपछि नामी खेलाडी झैं यस्सो पोज दिँदै फुच्चेहरु ।

म त मर्ने भएँ नी सोल्टी ! त्यो दिन ३८ डिग्री थियो तापक्रम । गर्मीले खप्न नसकेपछि लुगा फुकालेर बसेका सोल्टीलाई अर्का सोल्टी गुनासो गर्दै ।

अघिल्लो पटक बिजया दशमीको उपलक्ष्यमा बनाएको ब्यानर प्रयोग गरम भनेर मात्रै क्या ! सल्टाएर हेर्नुहोला है ? तमुस्योहरु पुरस्कार मिलाउँदै ।

खेलाडीको दानापानी ! खेलाडीलाई पिउने कुरो बोकेर लयौँदै साथीहरु ।

आफ्नो टोलीले गोला हानेपछि उफ्रिँदै समर्थकहरु ।

तपाइँको प्रतिक्रिया