गजल

-शुशिला ठकुरी    

shusila-thakuri.jpg

कसको बिश्वाश गरौं अब मलाई बात लाएपछि  

किन माया लाउनु अब घातैघात पाएपछि ।  

आस्था बाचा कुल्चिएर पाईतालाले थिचेपछि  

किन हेर्नु उसको बाटो घातैघात पाएपछि । 

माया पनि जहर बन्दो रैछ लाउन नजान्दामा  

किन कोर्नु चिठी पत्र घातैघात पाएपछि ।  

चोखोमाया घामको तेजमा शीत झै् सुकेपछि  

किन मरिहत्ते गर्नु अब घातैघातै पाएपछि ।  

हितको माया शीतको थोपा घामको चोटमा सुकेपछि  

किन लिनु उसको नाम घातैघात पाएपछि ।   

हाल- पेरिस, फ्रान्स    

तपाइँको प्रतिक्रिया