खनाल बिजयी, बढि उनैको पक्षका

jhal_nath_khanal.jpgअध्यक्षमा झलनाथ खनाल, महासचिवमा ईश्वर पोखरेल, उपाध्यक्षमा (तिन पदकालागि) वामदेव गौतम, बिद्दा भण्डारी र अशोक राई निर्वाचित भएका छन । त्यसैगरि सचिवमापनि तिन पदका लागि भएको निर्वाचनमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली विजयी भएका छन । अध्यक्षमा खनालको मत ९१३ र हरुवा ओलीको ७९६ छ । ओलीले गत संबिधान सभाको निर्वाचनमा पनि हारेका थिए । त्यसैगरि महासचिवमा ईश्वर पोखरेलले ९३५ मत पाए। उनैका प्रतिद्वन्दि प्रदीप नेपालले ७३२ मत पाए। गत संबिधन सभाको निर्वचनम यि पनि हरुवानै हुन ।
उपाध्यक्षमा तिन पदकालागि भएको निर्वाचनमा सात जनाको उम्मेदवारी परेको थियो । ति मध्ये विजयी अशोक राईको ११९९, वामदेव गौतमको ८६४ र बिद्दा भण्डारीको ८५१ छ । भण्डारीको भन्दा गौतमले १३ मत मात्रै बढि ल्याएका छन । हरुवाहरु मध्ये भिम रावल ७२२, सहाना प्रधान ६१८ र भरतमोहनले ६०० मत ल्याए । सचिवमा बिजयी विष्णु पौडेलको १२६२, शंकर पोखरेल १०५८ र युवराज ज्ञवालीको ८३५ छ । तिन हरुवाहरु मध्ये रघुवीर महासेठले ६९७, राजेन्द्र श्रेष्ठले ६७२ र रामचन्द्र झाले ४८७ मत ल्याएका छन ।

तपाइँको प्रतिक्रिया