झलनाथनै अगाडि, पाँच नेताको बिजय सुनिश्चित जस्तै
ताजा नतिजा (नेपाली समय अपरान्ह ४ बजे अनुसार):
झलनाथ खनाल=७६३, केपी ओली=६९३ ।
ताजा: नेपालको समय अनुसार अहिले दिउँसो ३:१५ को नजिताले खनाल बिजयी हुने पक्का जस्तै देखिएको छ। उनले ७३४ ल्याएका छन । ओलीको ६७१ छ । महासचिवमा ईश्वर पोखरेलको ७४१ र प्रदीप नेपालको ५८७ छ। महासचिवमा पनि प्रदीप नेपालले ड्याङ खाने देखियो । उता सचिव पदमा अशोक राईको त घोषणा हुन मात्रै बाँकि जस्तै देखियो । उनको १०१३ छ भने उनका प्रतिद्वन्दि शंकर पोखरेलको ८७२ छ ।
अहिले भर्खरै नेपालको समय अनुसार १२:३० बजे एमालेको मतदान केन्द्रबाट जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले दिएको जनाकारि अनुसार अध्यक्षमा झलनाथ खनालनै अगाडि छन । उनको मत ६९० छ । उनका प्रतिद्वन्दी केपी ओलीको भने ६३० । कूल मत संख्या १७९० मध्ये १२३० गणना भैसकेको छ । अब गणना हुन ५६० मत बाँकि छ। मतको परिणाम हेर्दा अध्यक्षमा झलनाथ खनाल, उपाध्यक्ष अशोक राई, महासचिव ईश्वर पोखरेल र सचिवमा शंकर पोखरेल र विष्णु पौडेलको विजय निश्चित जस्तै देखिन्छ । मत गणनामा आफु कमजोर देखिँदै गएपछि ओलीले भने बिपक्षी तर्फ बिभिन्न आरोप लगाउन थालेका छन । उनले चुनावको अन्तिम अवस्थामा प्रतिद्वन्दि तर्फबाट आफुलाई प्रहार गरेको, चक्रब्युहमा फसाएको आरोप लगाएका छन । तर त्यो कस्तो चक्रब्युह हो भन्ने चाहिँ उनले स्पष्ठ पारेका छैनन् ।
नेपालप्लस हेर्दै गर्नुहोला, किशोर श्रेष्ठले खबर पठाउँदै जाँदा म पनि ताजा नतिजा राख्दै जानेछु ।




