सरु ! खुशि त अब हुन्न होला म
● चिरन्जिबि सिटौला / मनमैजु, काठमाडौं
जब बिहानको पाँच बज्थ्यो मेरो मोवाईलको अलार्म सँगै आँखाहरु धर्ति चुम्ने सुन्दर सपनाको परिकल्पनाहरुमा उघ्रिन्थे । आज मात्र होईन ति आँखाहरु धर्तिमा सुन्दर सपना बुन्न उघ्रिन थालेका । तर किन ति दिनहरु, ति हरेक बिहानीहरु मलाई आज अभिशाप बनेर पोलिरहन्छ सरु ? खुशि त अब म रहन्न होला । तर तिम्रो खुशिको झिनो आशामा जीवन बाँच्ने कला सिकिरहेको छ यसले । जस्तो मादल बज्छ त्यहि बीटमा नाच्न जानेको छ यो जीवनले । कहिलेकाँहि त बेसुरमा पनि नाच्ने जानेको रहेछ यो पागलपनले । यो स्वार्थि संसार । यो स्वार्थि दुनिँयामा यदि तिम्ले सफल प्रेमको कल्पना गर्यौ भने त्यो अलि असाधारण भनिँदोरहेछ । त्यो तिम्रो निर्जिब ह्रदयभित्र मैले मायाको भिख मागे भने म पागल नामले चिनिने रहेछु रे ।
सरु, सायद तिम्रो याद त आउदैन नै भन्छु म । तर आफैलाई ढाँटेको कुरा म आफैलाई थाहा छैन । रक्त बीज जबसम्म यो शरिरमा रहन्छ तबसम्म याद भन्ने शब्द नै प्यारो रहन्छ रे । यादको प्याला पिँउन त्यो दिन बन्द हुन्छ र जुन दिन म यो धर्तिमा रहन्न रे । खै, के भन्नु म पागल हो कि तिमि मेरो प्रेमिका भयै, म आफैलाई थाहा छैन आज ।
सरु, भेट त तिम्रो र मेरो कहिल्यै भएन । तर फेसबुकमा लगअन गरिसकेपछि एउटा पात्रले सताईन्छु जसको ट्याग तिमिले नै पाएको छौ । आँखाभरि अश्रु भेलहरु बहन्छ मेरो । त्यहि पात्र जसलाई मैल कुनै दिन “When I leave this city for abroad study, what would you do?” भनेर सोध्दा ” ” I would love to be with you” भन्या होईन तिम्ले ? हो कहिल्यै नभेटेको, कहिल्यै नदेखेको मान्छे पनि तिमि बनेर मेरो जीन्दगीमा आयौ । सपनाको परि बनेर जीन्दगीमा रम्न सिकायौ । तर सपनाहरु सपनामा बिलिन पार्न पनि तिमिलेनै सिकाएको छौ मलाई । कोमल सपनाहरुलाई बलात्कार गर्ने पाठ पनि पढाएको छौ तिमिले । कहाँ पाइन्छ चोखो माँया? यदि ह्रदयभित्रको मायाको तिमि कुरा गर्छ्यौ भने तिमि रंगमञ्चको खराँट कलाकार बाहेक अरु केहि होईन भन्छु म ।
म पनि अलि अलि अर्धपागल नै हो । तिमिलाई मनपराउनु पागलपनको उपजनै जस्तो लाग्छ मलाई । दिन दुगुना रात चौगुना चुम्बक जस्तै बन्दैथिएँ म । होला शारिरिक आकर्षण पनि थियो ममा । तिमिलाई धेरै फोन गर्ने त मेरो दिनचर्या नै थियो रे । मोबाईलमा संदेश पठाउनु त मेरो नशा नै थियो रे । हरपल किताबको पन्नाहरु रम्ने मेरा आँखाहरु जब जब मोबाईलको किहरुमा रम्ने थाले, यस्तो लाग्यो किताबहरु भन्दा तिमिलाई पढ्न नै मज्जा आँउदोरहेछ । करिब पन्ध्र दिनको अन्तरालपछि मलाई मायाको ग्रिन सिग्नल दिइको होईन र तिम्ले ? कि त्यो पनि खेलौना नै थियो तिम्रो ? होला तिमि तिम्रो जवानिको टेस्ट गर्दै थियौ । म बिध्यार्थि बनेर तिम्रो विषयको जाँच दिँदै थिएँ । ताजै छ आज पनि तिमिले लेखेको मेसेज ”mero ta yes ho……” कति सजिलो है ? सजिलै येस भन्यौ तिम्ले । १५ दिन त केहि पनि होईन माया प्रेममा । जुग जुन पर्खने गर्छन मान्छेहरुले माया प्रेम पाउनलाई ।
केहि छैन, म पनि खुशि नै थिए तिम्रो निर्णयमा । खुशि नहुने पनि कुरै भएन नी !! निन्द्रा नै लागेन राम्ररि त्यो दिन । करिब १२ बजेतिर तिम्रो मेसेज आएपछि निन्द्रा खुल्यो । त्यसपछि निन्द्रा नै लागेन मलाई । खुशिको कारणले होला सरु, म सुत्न नै सकिन त्यो रात । सायद पहिलो प्रेममा यस्तै हुँदोरहेछ कि क्या हो । तिम्रो त पहिलो प्रेम त थिएन होला सायद किनकि तिम्ले भनेको थियौ “म त फरवार्ड नै छु” जब तिम्ले मलाई “तपाँई त कति फरवार्ड ?” भनेर सोधेकी थियौ । होला, तिमीहरु जस्तो धेरै फरवार्ड त छैन म । तर मनमा कुरा राखेर पल पल तड्पिने डरछरुवा पनि त होईन म । जस्तै भएपनि तिम्रो निर्णय मेरो लागि सुखद नै थियो भन्न रुचाउँछु म यस्तो हुन थाल्यो तिमिलाई धेरै मन पराउन थाले दिन दिनै । पल पल मिस गर्न थाले तिमिलाई । तिमिले पनि मिस गरेको कुरा व्यक्त गरेको भन्यौ । तर तिम्रो त्यो माया थिएन किनकि खोक्रो मायाको खोल ओढेको तिमी जस्ति स्त्रीको ह्दयमा माया नाम गरेको यौनपीपाषु छ, जसको शिकार म भएको छु । थाहा छैन कति निर्दोष आत्माहरु त्यो यौनपीपाषुको शिकार बन्ने छन् । तिमी भित्र रहेको त्यो प्रवृतिको शिकार अरु कोहि परिसकेको कुरामा मेरो दुईमत छैन ।
शारिरिक आकर्षणको कारण मेरो प्रस्ताव सजिलै स्वीकार्न पुगेकि तिमिले निस्वार्थ प्रेमलाई बलात्कार गर्ने कुनै नौलो कुरा पनि त भएन नी ! धन्न तिम्रो अर्थ बुझेँ । तिम्रो आँखावाट सवै कुरा पढेँ । तिमिलाई स्पष्टसँग पढेँ । अनि टेस्ट दिँदा शतप्रतिशत अंक प्राप्त गरे जुन मैल आजसम्म प्राप्त गरेको अंकहरुमा उत्कृष्ट अंक हुन आँउछ सरु ।
थाहा छैन तिम्रो अर्थ के थियो मेरो निर्दोष मायासँग ? तिमिलाई धैरै फकाउन प्रयास गरे, धेरै मेसेज लेखे मोबाईलमा । धेरै फोन गरे, तर मेरो सबै कलहरु बिरानो भएछन् अब है तिमिलाई ? वाक्क दिक्क भएर मोबाईल पनि बन्द गर्न सिकिछौ तिमिले । फोन पनि काट्न थाल्यौ तिमिले । हुन त तिमि प्रोफेसनल नै थियौ जस्तै लाग्छ मलाई । नत्र ढुंगापनि पग्लिन्छ स्त्रीको ह्दयबाट यानि कि स्त्रीको ह्दय निकै सफ्ट हुन्छ रे ! तिमि त्यसको अपवाद बनेर आयौ । तिम्रो ह्दय त त्यस्तो थिएन। फरक थियो ।
सरु, माया शब्दमाथी तिमिले जुन अन्याय गरेकि छ्यौ खुशि त अब रहन्न होला म । तर यो सत्य हो कि जीवनको कुनै मोडमा यस्तो पल पनि अबश्य आउनेछ । यस्तो दिन अबश्य आउनेछ जुन दिन पलपल मेरो यादले पोल्नेछ तिम्लाई । माया शब्दले छोड्ने छैन तिमिलाई किनकी माया गर्नेहरुको मायामा लात हानेकि छयौ तिमिले । छातीमा लात हान्नु तिम्रो पेशा भएपनि मेरो लागि त त्यो खुशिको कुरै भएन । सुनेको छु, माया गर्नेहरु धेरै रुन्छन् रे । तर म राएको छैन । हाँसेको छु तिम्रो खुशि देखेर । तिमि रमाएको देखेर हाँस्ने बहानामा भित्र भित्रै राएको छु म । तिमिलाई मीस गर्ने बहानामा अलि अलि पागलको नामले पनि चिनिन थालेको छु म । केहि छैन, यादहरु रित्तो छ, भावनाहरु रित्ता छन् ।
तिम्रो यादमा रगतले चिठि त लेख्न सक्दिन म किनकि म त्यस्तो निर्जिब पनि छैन । काट्दा दुख्छ मलाई पनि । तिमि जस्तो निर्जिब शरिर भएको भए रक्तरञ्जित चिठि मायाको बहानामा पठाँउथे होला । पागल प्रेमिहरु रक्तरञ्जित चिठिहरु सिंगार्छन् । तर म अलि भिन्दै छु, पृथक छु । त्यसैले त म सरुको पागलप्रेमि, विपनामा रुने मान्छे । बिपनामा त बाँच्न सिकेको छु मैले । र सपनामा पनि पलपल मर्न सिकेको छु मैले किनकि जीवनमा खुशि त अब रहन्न होला म सरु !!!
(यी चिठिका पात्रहरु काल्पनिक हुन्। यदि कसैको जीवनमा मेल खान गएमा केबल संयोग मात्र हुनेछ।)




