यस्तै उस्तै
-अंमर ‘पथिक‘–
यस्तै उस्तै भयो मेरो यसपालीको लाहुर पनि
नसोधे है बिन्ती मलाई, किन त्यस्तो उदाश भनि
झर्यो आँसु आँखाबाट बलेसीको पानी सरी
मर्यो छाती भित्रै मुटु चुलेशीको धारमा परी !!! कैले कर त कैले रहर ऐले आ‘थें बाध्यताले
सोचे जस्तो बुझेजस्तो जुराएन विधाताले
संझिएर ऋणको भारी छोडी आथे प्रियजन
रुन्छ मन पोल्छ छाती एकान्तमा किन किन !!!
रन्को ताजा विरहको ठाडै खुट्टा फर्कौ पनि
त्यसैले त रोंजे घाऊ मुटु भन्दा जाती भनि
बुझाएर ॠणको हिसाब रुन्चे हाँसो हाँस्दै आएँ
आफ्नै हातले आश्वासनको झुठोमाला गाँस्दै आएँ !!!
थाहै छैन कैले छोडें प्राण भन्दा प्यारो देश
जुगै बित्यो, वर्ष होईन सुल्झिएन मेरो केश
कति आए कति गए राखिएन हिसाब किताब
बाजे सँग आ‘थें यता बसिराछु नाती सित !!!
काठमाडौं, नेपाल
हाल-ईराक (बग्दाद) ।




