लघुकथा : आगोको लप्का

 • रन्जु मार्ग / अमेरिका

‘ए बाबु ! जा जा, पल्लो घरमा मोही पारेका छन् क्यारे, मागेर लिएर आइजो । ‘अगेनोमा ढिँडो ओराल्दै गरेकी ठकुर्नी आफ्नो दश बर्षिय छोरालाई अह्राउँछे ।

आँगनमा खेल्दै गरेको छोरा आमाको आदेश भुईमा खस्न नपाउँदै फुरुङ्ग हुँदै भाँडो समातेर पल्लो घरतिर लाग्छ ।

केहि बेर मै छोरा आइपुग्छ र आमाको अगाडी भाँडो फ्यात्त राखिदिँदै भन्छ – आमा ! आमा आज मोही पारेका छैनन् रे !

‘के भन्छ यो ? ‘ अगेनाबाट पाकेको ढिँडो निकाल्दै सोध्छे ।

‘हिजो साँझ तेरो बा’लाइ भेट्दा त आज मोही पार्छौ भनेका थिए रे त !’

‘खोइ ? छैन भने त ! अँ ।।। साँच्चि ! हिजो बेलुका हाम्रा बा गएका थिए रे । अनि बेलुका भैंसीले दुध दिएन रे । उनीहरुले भन्दै थिए – ‘भैसीलाई चोखे लाग्यो रे ।

आमा ! आमा ! चोखे लागेको भनेको के हो ? अनि हाम्रा बा गएपछि किन चोखे लागेको ?’

त्यो अबोध छोराको कौतुहलता ठकुर्निलाई अँगेनामा बलिरहेको आगोको लप्का जस्तो  लाग्छ !!!!

तपाइँको प्रतिक्रिया