सर्बसम्मती अझै भएन, लागे आआफ्नै गूटतिर

                          कसको कुन प्यानल ?

uml_leaders.jpgएमालेमा अध्यक्ष पदकालागि सर्बसम्मती गर्ने प्रयास अन्तत: असफल भएको जानकारी दिएका छन महाधिवेशन हलमा रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले । अध्यक्ष पदका दाबेदारहरु माधव कुमार नेपाल, झलनाथ खनाल र केपी ओली तिनै जनाले आआफ्नो उम्मेदवारीको औचित्य साबित गर्न खोजेका थिए । तिन नेता र मध्यस्थकर्ताहरुबिच भएको छलफलमा माधवकुमार नेपालले तिन पटकसम्म कार्यकारी अधिकार सहितको महासचिव भएर पार्टी हाँकिसकेकाले अब आफुलाई एक पटककालागि छोडिदिन झलनाथ खनालले आग्रह गरेका थिए । त्यसको प्रतिवाद गर्दै नेपालले तपाईले पनि त दुई पटकसम्म महासचिव चलाईसक्नु भयो नि ! त्यसो भए अब पहिलो पटक पार्टी अध्यक्ष केपी ओलीलाई बनाउँन तभन्ने जवाफ खनाललाई दिएका थिए । तर खनालले त्यो स्विकार गरेनन । 

त्यसपछि मुकुन्द न्यौपाने, भरतमोहन अधिकारी, मोदनाथ प्रश्रीत, केशव बडाल, प्रदीप नेपाल र विष्णु पौडेलले माधवकुमार नेपाललाई नै पार्टी अध्यक्ष हुन आग्रह गरेका थिए । तर झलनाथ खनालले त्यसको सिधै अस्विकार गरे । अहिले माध्व कुमार नेपाल र केपी ओली पक्ष र झलानाथ खनल पक्षले छुट्टा छुट्टै प्यानल बनाएका छन आगामी नेत्रित्वकालागि। 

खनाल पक्ष-

 अध्यक्ष-झलनाथ खनाल

उपाध्यक्ष-वामदेव गौतम

महासचिव-अम्रित कुमार बोहोरा

उपमहासचिव-अशोक राई

सहसचिव-सुरेन्द्र पाण्डे 

माधव पक्ष-

 अध्यक्ष-केपी ओली

उपाध्यक्ष-सुभास नेम्वाङ

महासचिव-ईश्वर पोख्रेल

उपमहासचिव-शंकर पोखरेल

यि दुई पक्षबिच निर्वाचन भएमा कसले जित्ला ? तपाइहरुलाई के लाग्छ ?
 

तपाइँको प्रतिक्रिया